Spread the love


सुबिन कामी

मैले सुबिन न्यौपाने ( कान्जिभाई) बाट सुबिन कामी राखे! यो मेरो ब्यक्तिगत सोच हो! तपाईहरुलाई थर परिवर्तन गर्नुस भन्दिन म! म मात्र यति भन्छु सोच परिवर्तन गर्नुस! चिन्तन गर्नुस यो समाजको अन्धबिश्वास प्रती! नाम परिवर्तन त मेरो सानो प्रयास मात्र हो। म एउटा साधारण विद्यार्थी ! सानो जागिर खान्छु। कलेज जान्छु।

सुबिन कामी को फोटो।

आफुलाई मन लाको कुरा फेसबुकमा लेख्छु।मैले सानो परिवर्तनको सन्केत दिन सके फेसबुकबाटै सक्छु! म यसको लागि न माईतिघर जान्छु, न कुनै अदालत! लेख लेख्छु,कबिता लेख्छु ,यस कुरालाई समेटेर स्टाटस लेख्छु! र केही बुझाउन प्रयास गर्छु। तपाईहरुले कसरि बुझनु हुन्छ सकेसम्म सकारात्मक बुझनी प्रयास गर्नुस!

मैले कामी राखेकै आधारमा धेरैले मलाई म्यासेज गरेर गाली गरे! कामी लेखेकै कुरालाई आधार बनाएर प्रेमिकाले पनि छोडेर गईन! धेरैले राम्रो कामको थालनी पनि भने। धेरैले सोच परिवर्तन गर्नुस थर होईन पनि भने! तर मैले सोच परिवर्तन गरेरै थर परिवर्तन गरेको हु। धेरै मेरो बिरुद्दमा बोले पनि। धेरैले गाउँ बहिस्कार गर्छौ भने। कसैले मामाघर आउने बाटो टुङियो पनि भने। कसैले तेरो घर गएर पानी खान्न पनि भने।कसैले कामी केटि बिहे गरेर देखा पनि भने! कसैले हुने तर्क गरे! कसैले नहुने तर्क गरे! यी सबै कुरा म साधारण तरिकाले नै लिदिउला! मात्र तपाईं सोच परिवर्तन गरिदिनुस!

तपाईं तल्लो जातको बिहे गरेर देखाउनुस भन्नेलाई। म आफ्नो मन परेको,जो शीत जीवन सहज देखिन्छ। त्यो चाहे धनी होस या गरिव,यो होस या त्यो। केही हेर्ने सोचमा छैन। म धनी शीत बिहे गरेर सेफ साईटमा बस्छु भन्ने सोच पनि छैन र गरिव शीत बिहे गरेर दुखी हुन्छु भन्ने नि छैन! सबैकुरा चिन्तन हो। म मन मिलेको जो शीत पनि बिगे गर्न सक्छु। तपाईलाई बोलाउछु । तपाईहरु आईदिनु पर्छ। सके सम्म मन मिल्ने भेटियो भने बिश्वकर्मा सितै बिहे गर्छु। तपाईहरु नआए म अधुरो हुन्छु है। हामी कुनै जात नभनी सगै एउटै थालमा खाएर नाचौला।

हिजो एकजना दाई भेटियो! उहाँ पत्रकारिता गर्छ! बाटोमै भेटियो चिनजान भयो। फेसबुकमा जोडिने क्रममा मेरो नाम सुबिन कामी देखेपछि अचम्मित परे। केही अनुहार अल्लि फारक पारे। यहाँ देखिएर होस या नदेखिएर। लुकाएर होस या नलुकाएर हरेक ठाउँमा बिभेत छ। यो खाडल बिस्तारै पुरिनु पर्छ। अमेरिका जस्तो बिकरसित देशले त कालो जातिलाई हेप्छ भन्ने खालको तर्क पनि नबोक्नुस!

हामी सुन्दर बनौ! हाम्रो सोच सुन्दर बनाउ! समाजमा मिलेर बसौ!कसैलाई दुखी नबनाउ! कसैलाई बडि महत्त्व नदिउ! सबै समान भएर बसौ!