कोरोना प्रभावित ३२ मुसहर परिवारलाई वेलफेयर सोसाइटीको राहत

कञ्चनपुर, । नेपाली वेलफेयर सोसाइटी युकेले कोरोना संक्रमण प्रभावित सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी रामपुरका ३२ घर परिवारलाई राहत वितरण गरेको छ ।
दलित सरोकार मञ्च नेपालले कञ्चनरुप नगरपालिकामा राहत वितरणको संयोजन गरेको सथियो । दुई साताअघि रामपुर पथरीमा खान नपाएर ५० बर्षिया मलर सदा परिवारको मृत्यु भएको थियो । लकडाउनका कारण रोजिरोटी गुमेपछि समस्यामा परेका परिवारलाई सोसाइटीले प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, तेल एक लिटर र एक पोका नुन उपलब्ध गराएको हो । विपतका वेला राज्यले समेत सबैलाई सहयोग उपलब्ध गराउन नसकिरहेका वेला राहत सहयोग गरिएको सोसाइटीका सल्लाहकार डाक्टर बुद्धि नेपालीले जानकारी दिए । यस अघि नेपालका चार जिल्लाका एक सय विपन्न परिवारलाई राहत सहयोग गरेको छ । यसअघि सोसाइटीले कोरोना संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका– ३, भुल्केका २० घरधुरी र बाँकेको नेपालगन्ज उपमहानगरपालिका– ८ का २० परिवारलाई राहत सामग्री उपलब्ध गराइएको डाक्टर नेपालीले बताए ।
‘विश्वमा नै खाद्यसंकट आइपर्ने अवस्था छ, यहाँका श्रमजीवी र गरिब दलितहरू झनै समस्यामा परेका छन्, त्यसैले प्रभावित क्षेत्रमै पुगेर राहत उपलब्ध गराएका छौँ,’ उनले भने । सोसाइटीले चितवनको भरतपुर महानगरपालिकाका २९, घैलाघारीका २० र स्याङ्जाको पुतलीबजार नगरपालिका– १७ का ४० परिवारलाई पनि राहत सामग्री उपलब्ध गराएको छ ।
नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष एवं एनआरएन युके सदस्य धनबहादुर सार्कीका् अध्यक्षतमा भएको कार्यक्रममा रास्ट्रीय सभाका सदस्य खिम कुमार बिश्वकर्माको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका पूर्व कार्यकारी निर्देशक डा. बुद्धि नेपाली,एनआरएनए युके अभियन्ता (डेरेक्टर सलाद मास्टर लिमिटेड) शिवजी श्रेष्ठ समेत भर्चुल रुपमा कार्यक्रममा सहभागिता जनाएएका थिए ।
त्यस्तै गोर्खाली समाज युकेका अध्यक्ष कर्ण दर्लामी, शिब कलचरल एण्ड कम्युनिटी सेन्टर युकेका निबर्तमान अध्यक्ष रोहित गुरुङ, ब्रिटिस गोर्खा भेटेरियन एसोसिएसन युकेका महासचिब एवंम क्यपटन ब्रिटिस आर्मीका भिम सारु,नेकपा प्रतिनिधि भोला चौधरी,जनता समाजबादी पार्टी प्रतिनिधि रामेश्वर सरदार दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला कुमार पासवान ,नेपाली वेलफेयर सोसाईटी युकेका बरिष्ठ सल्लाहकार गोपाल रोका, सदस्यहरु आसा रोका लगायतले राहत वितरण कार्यक्रममा भर्चुअल रुपमा मन्त्यव राखेका थिए । राहत पाएपछि खुशी हुदै स्वर्गिय मलर सदाका श्रीमतीले जलेश्वरी सदाले काम गरेर खाने मुसहर समुदायलाई राहतले धेरै सहयोग भएको बताइन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


