Spread the love


                                           पश्चिम रुकुमका नवराज बिक सहित ४ जना को हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दैै आज धरानमा  बिरोध प्रदर्शन गरिएको छ । दिउसो १ बजे धरान भरिका दलित समुदाय का अगुवाहरु सहित धरानका सम्पूर्ण दलितहरु सडकमा उर्लिएका हुन । धरान को छाताचोक बाट सुरु भएको बिरोध र्यालि धरान को भानुचोकमा पुगेर कोणसभा मा पारीणत भएको थियो । र्यालिमा   नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टी लगायतका कार्यकर्ता उक्त पार्टीका दलित संगठनहरु,  दलित अधिकारकर्मी तथा नेकपा नेता डिबी शंकर , नेपाल दलित संघ का केन्द्रिय सदस्य गोविन्द बिक दर्नाल ,अनेरास्ववियू केन्द्रीय सदस्य खेम रनपहेलि , महेन्द्र बहुमुखी क्यामपस धरान का स्ववियु सभापति सागर चेम्जोङ्ग , दलित बिकास समिती धरान संयोजक किशोर परीयार, सदस्य सचिव तारा लाम्गादे , बराह ग्रुप धरान का प्रसाशकिय प्रमुख गंगा कालिकोटे , व्यवसायी तथा दलित अधिकारकर्मी प्रेम लकान्द्री , विभिन्न संघ संस्था  समाजबादी सिल्पी प्रदेश समिति ,   जनप्रतिनिधी     लगायत बिभिन्न पेशामा आबद्द दलित हरु स्वस्फुर्त् रुपमा सडकमा उर्लिएका थिए ।कोरोना भाईरसको कारण  देश लकाडाउन मा रहेको ले यही परिस्थितीलाई ख्याल गर्दै      छोटो समयको लागि आयोजना  गरिएको कोणसभामा गोविन्द बिक र डिबी शंकर ले मात्र सम्बोधन गर्नु भएको थियो ।  

प्रेम विवाह गर्न खोज्ने युवालाई कथित तल्लो जाति भएकै कारण हत्या गरिएको दलित अगुवाको भनाइ छ । उनीहरुले यस घटनामा संलग्नलाई उन्मुक्ति दिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।१५ मिनेट को  कोणसभापछि बिरोध र्याली  समुहका अगुवाहरुले    इलाका प्रशासन कार्यालय धरानमार्फत  गृहमन्त्री रामबहादुर थापा लाई   ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालय धरान का प्रमुख चन्द्र बहादुर कार्कीले ज्ञापनपत्र १० मिनेट भित्र गृह  मन्त्री कहाँ पुर्याउने प्रतिवदत्ता व्यक्त्त गर्नु भयो । साथै गृह मन्त्रालय मा ५ जनाको उच्च स्तरिय  छानविन समिती पनि  गठन भैसकेको बताउनु भयो ।