Spread the love


इटहरी
संसारभरिका मानव समुदायलाई आतंकित तुल्याउने प्राणघाती रोग कोरोना भाइरस(कोबिड १९)को संक्रमणकालीन अबस्थामा पनि फ्रण्टलाइनमा रहेर पत्रकारिता गर्ने सुनसरीका संचारकर्मीहरु प्रति केन्द्रित रहेर पत्रकारहरुको हकहितमा काम गर्ने संस्था नेपाल प्रेस युनियनको सुनसरीे शाखाले कल्याणकारी कामको शुरुवात गरेको छ । नेपाल सरकारले आबहान गरेको लकडाउनको शुरुआतबाटै सक्रिय पत्रकारहरुको घरघरमै पुगेर कोरोना भाईरसबाट जोगिइन प्रयोग गरिइने आधारभुत स्वास्थ्य सामाग्रिहरु बितरण गरेको थियो । अहिले महामारी बढदै जाँदा सन्चारकर्मीहरु पनि जोखिममा पर्न सक्ने अबस्थालाई मध्येनजर गरि जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ ।


प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको हो ।
‘हामीले जिल्लामा सक्रिय रहेका २६० जना सञ्चारकर्मीहरुको कोरोना बीमा गरेका हौँ,’ अधिकारीले भने, ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले कोरोना बीमा गरेका हौँ ।’ उनका अनुसार फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बीमा कार्यक्रम अगाडि ल्याईएको उनले बताए ।
उनका अनुसार १५० जना सञ्चारकर्मीको आइएमी जनरल इन्स्युरेन्सले बीमा गरेको र बाँकी ११० जना सञ्चारकर्मीको युनियन कार्यसमितिले बीमा गरिदिएको छ । कोरोना बीमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले जिल्लाका सञ्चारकर्मीको कोरोना बीमा गर्नु सकारात्मक रहेको बताए ।
कोरोना बीमा व्यवस्थापन समितिका सदस्यहरु निशान चौधरी, उषाकिरण घिमिरेले लगायतले शुक्रबार आइएमी जनरल इन्स्युरेन्स लिमिटेड इटहरीका शाखा प्रमुख भोजराज अधिकारीलाई बीमाको पोलिसिबारे समन्वय गरेका थिए ।
शुक्रबार नै ११० जनाकोलागि आबाश्यक रकमको चेक पनि हस्तान्तरण अधिकारीले बताएका छन । शाखा प्रमुख अधिकारीले पत्रकारलाई कोरोना लागेमा चाँडै माग दाबी गर्नका लागि आह्वान गरे । अन्य जिल्लामा थोरै पत्रकारहरुको मात्र बीमा गरिएको र सुनसरीमा भने धेरै पत्रकारहरुको बीमा गरेर नमुना योग्यकामको थालनी भएकोमा सुनसरीको सन्चार क्षेत्रमा उत्साह थपिएको अग्रज पत्रकार कृष्ण भटराईको भनाई छ ।