Spread the love


पीबी दियाली
इटहरी
मल्ल भन्ने कथित उच्च जातको छोरीलाई कामीले लान खोजेको भनेर पश्चिम रुकुमको चौहजरिया भन्ने ठाउंमा बेहुला नबराज बिक लगायत ४ जनालाई कुटेर मार्ने,२जनालाई बेखवर बनाउने र १२जनालाई यातना दिएर घाएल बनाएको घटनामा नेकपा नेता जनार्दन शर्मा प्रभाकर भन्ने पूर्ब गृहमन्त्री एबंम तत्कालीन माओवादीको खुंखार नेताको भूमिका दलित बिरोधी रहेकोमा देशब्यपी चर्चा छ ।

दोषीलाई कडा कार्बाही र पीडितलाई क्षेतीपुर्तिको सन्दर्भ उठाउंदै बिरोध सभ गर्ने क्रममा आज इटहरीमा लकडाउन परबाह नगरी एउटा रयाली एबंम कोण सभा भयो । स्वतः स्फूर्त रुपमा दलित अभियान्ताले आफनो मौलिक बिरोध तथा दवाब दिने कार्यक्रम भनिएप

नि कार्यक्रमको शैली हेर्दा पार्टी निर्देसित थियो । सो आततायी एबंम आतंककारी आक्रमणको मुल जड के हो?यसको समुल नष्टकोलागि राज्यले के गर्नु पर्छ? यसको स्थायी समाधानको लागि यी यी बिषयमा सरकारले ध्यान दिएर नयाँ ढंगले सरकार अघि बढोस हैन भने गणतन्त्रको नाममा नेपाली नेपालीबीच हुने यस्ता अमानबीय,घृ

णित, अबैज्ञानिक,कुसंस्कार र मानबता बिरोधी संस्कारको संरक्षक शासक बर्ग नै रहेको ठहर हुने भएकोले त्यसको बिरुद्ध अकल्पनीय परिस्थितीको सामना गर? भन्ने किसिमले कुनै बुंदागत घोषणा गरिएन । अथवा मागराखेर अबधि तोकी अल्टिमेटम दिन दलितहरुले चासो राखेनन । बिरोधका लागि बिरोध जस्तै कर्मका

ण्डी ढंगले एनजिओ शैलीमा बिरोध रयाली भयो । बिरोध रयालीमा आधा संख्या उच्चजातीका महानुभावहरु सहभागि थिए। अगाडी छाती र कसैकसैले पछाडी

पिठयंूमा अपराधिलाई कार्बाही गर भन्ने आसयका नारा लेखिएका एफोर साइजका सेता कागजहरु टांसेका थिए। दिंउसो इटहरीचोकमा

रयाली गर्दे घटनाको बिरुद्ध आसय झल्किने नाराहरु पनि लगाए। उपमहानगरपालिका छेउको सडकमा रहेको स्वामीको रुखमुनि सितलमा कोण सभाको आयोजना भयो । सो रयालीको अघोषित कमाण्डर सम्बिधान सभा सदस्य अनिता प

रियार रहेको अनुमान गरियो । परियार नेकपा नेत्री पनि हुनु हुन्छ । उदघोषक योसा गुरागाई हुनुहुनथ्यो । उहाँ समाजबादी नेपाल पार्टीकी स्थानीय नेतृ हुनुहुन्छ । बिश्वकर्मा समाजका उपाध्यक्ष अमर बराइलीले दलितमाथि भएका केही

तत्कालीन घटनाको बिबरण बताउंदै रुकुम घटनाले अझ पिरोलेको उल्लेख गर्नु भयो । उहाँ नेपाली कांग्रेस निकट मानिनु हुन्छ । त्यस पछि डाक्टर बद्रीबिशाल पोखरेलले सो खवरदारी सभामा बोल्दै चेतना स्तर उक्सेका मान्छेले भेदभाव नगर्ने तर नउक्सेकाहरुको कारण मुलुक बदनाम हुंदै गएकोमा चिन्ता जाहेर गर्दै रुकु

म घटनाका दोषीलाई कार्बाही हुनु पर्छ भन्नु भयो । पोखरेल नेकपाको स्थानीय स्तरमा प्रभावशाली नेता हुनुहुन्छ । यसैगरि बिमला ढकालले पनि भेदभाव र छुवाछुत जस्तो कुराले नेपालीलाई नोक्सान हुने बताउनु भयो ।उहाँ नेपाली कांग्रेसकी स्थानीय नेतृ हुनुहुन्छ ।कांग्रसकै इटहरी सचिब शिबराज दाहालले पनि बोल्नु भयो ।समाजवादी

का स्थानीय नेता डिल्ली सुब्बाले पनि रुकुम घटनाको कारण दलित समुदायलाई मात्र नभएर सबैलाई दुखि बनायो भन्नु भयो ।नेकपा इटहरी अधयक्ष ज्वाला तामाङले पनि छुवछुत जस्तो मानता बिरोधी कार्य अन्त्य हुनु पर्छ भन्नु भयो । नेतृ अनिता परियारले कार्यक्रमको अन्त्य गर्दे भोली सिडिओ मार्फत सरकारको ध्यानाकर्ष

ण गराउने गरि दलित समुदायले ज्ञापन पत्र दिने बताउनु भयो ।