Spread the love

काठमाडौँ — बलिउड अभिनेता अर्जुन रामपाल र उनकी श्रीमती मेहर रामपाल अलग्गिएका छन् । उनीहरुले २० वर्षको वैवाहिक सम्बन्धलाई ब्रेक लगाएका हुन्

सोमबार दुवैले संयुक्त विज्ञाप्ति निकाल्दै सम्बन्धलाई ब्रेक लगाएको उल्लेख गरेका छन्। अर्जुन र मेहरले सन् १९९८ मा विवाह गरेका थिए। उनीहरुका माहिका र माइरा नाम गरेका दुई छोरी छन्।
एकआपसमा अलग्गिने निर्णय गरेपनि छोरीहरुका लागि सधैँ एक हुने उनीहरुले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ। उनीहरुले सम्बन्ध अन्त्य भएपनि माया रहिरहने उल्लेख छन्।
अर्जुनले एक अज्नाबी,डन,ओम शान्ति ओम,रक अन,हाउसफुल,राजनीति जस्ता फिल्ममा अभिनय गरेका छन्। मेहर पूर्व मिस इन्डिया हुन्।