Spread the love

झुम्का

२१ बेत सम्म ब्याउन्जेल पालेर दूध खादै गरेको गाई मरे पछि सुनसरीको रामधुनीभासी नगरपालिका ४ इक्राही टोलका दुर्गा बिस्वकर्मा दर्नाल राधे राधेले आजै बाट आमा सरह सदगद गरि काज कृया गर्न थाल्नु भएको छ।

जनता बहुमुखी क्याम्पस इटहरीमा पत्रकारिता बिसय राखेर स्नातक तहमा अध्ययानरत झुम्काकि प्रमिला गहतराज बिकले दिनु भएको जानकारी अनुसार हिन्दु सनातन धर्ममा मातापिताको देहान्त भएको दिन देखि १३ सम्म कोरामा बसेर रिति थिती अनुसार पन्डीत बोलाएर दिनहु काजकृया गर्न थालेकोमा गाउलेहरु झुम्मिएर हेर्न आउन थालेका छ्न।राधे राधे भनेर चिनिने दुर्गा बिक दर्नालले आमा सरहको मर्यादा राखेर कपाल मुण्डन गरि कोरा बस्नु भएको छ।

May be an image of 3 people, people sitting and outdoors

२१ बर्स अघि आफैले बाछी किनेर हुर्काउदै पालन पोसण गरेको र गौमाता मान्दै दुध खान पाउने अबस्था आजैबाट सकिएपछी आमाको स्थान दिएर जुठो बारी कृयापुत्री बसेको बताइएको छ।सत्य सनातन हिन्दु धर्मको नीति अनुसार मानिसको जन्म भए पछि जसरी अढाइ तीन बर्स सम्म बच्चाले आमाको दूध चुसेर हुर्कन्छ त्यसै गरि २१ बर्स सम्म गाइको दूध खाएको हुनाले मिर्त्यु पछि आमा सरह शोकमा बसेको बिक राधे राधेको भनाइ छ। मकालु टुडे अनलाइन पतृकासङ मोबाइलमा कुरा गर्दै दुर्गा बिक राधे राधेले भन्नू भयो।म १० दिन सम्म बार्छु।कोरो ढिकुरो फुटाउछु।दानदक्षिणा दिन्छु।

May be an image of 2 people, people standing, outdoors and tree

मलामी खुवाउछु।हिन्दु सनातन धर्मले भेट्ने सबै कुरा गरेर गाई प्रती सम्मान र स्रदा भाव राख्नुमा कसैको दबाब नभइ आफ्नै स्वबिबेकमा उक्त सस्कार गर्न थालेको बिक राधे राधेको भनाइ छ।आज अपरान्ह गाइको देहान्त भएपछि मानिसको लास सरह स्थानिय छर छिमेक बोलाइ मलामी सहित गाइको लासलाई रामनामी कात्रोले बेरेर जङलतिर लगी चिहानमा पुरेर कृयापुत्री सरह फर्की कोरो बनाएर बस्नु भएको छ।इस्ट मित्र र छिमेकीहरु मानिस मर्दा जस्तै स्रदान्जली दिन बिकको घर आउन थालेका छ्न।