Spread the love

लेख्नु पर्ने भन्नु पर्ने पोख्नु पर्ने कुराहरु धेरै छन।आज भोलि भन्दा भन्दै नलेखिएका धेरै प्रसङ्ग भावना अनि सस्मरण छन।ईतिहास कसैले पखालेर मेटेर मेटिदैन।महान जनयुद्दको त्यो क्रान्तिमय नेपाल जाहा सदियौ देखिको दासताको बन्धन गाउँ गाउँबाट चुडालिदै थियो।अनि शहरमा अर्धभुमिगत तरिकाले हामी शाही सत्तालाइ हायल कायल बनाउदै थियौ। कुरो २०५७ तिरको हो।भर्खर एसएलसी सकेर बिध्यालयबाट घरै नटेकि म भुमिगत भएको थिए।माक्सवादी चिन्तन माओका सिद्दान्तहरु कम्युनिस्ट जापानिज कथाहरुको एउटा संग्रहालय दिमागमा बोकेर हिड्थे।पार्टिले हरेक बर्स चैत्र २४ मा नेपाल बन्दको आयोजना गर्थ्यो।योजना बनिसकेको थियो हामी मानसिक र भौतिक रुपमा तम्तयार थियौ योजनामा हामफाल्न।

त्यो ताका मेरो कार्यक्षेत्र झुम्का अहिलेको रामधुनी न पा थियो।त्यो बेला जिल्लामा दैनिक जसो ८/१० वटा एक्सन लिन्थ्यौ।कहिले भारतिय नम्बर प्लेटको गाडिलाइ ध्वस्त पार्थौ त कहिले घुस्याहा कर्मचारिलाइ कालोमोसो दल्थौ कुन्डले मुन्डले टोले गुन्डाहरु को त मुटुमा ढ्याङ्रो नै बजाएका थियौ। हाम्रो तार्गेट २४ गतेको बन्द थियो।म सङ्ग कमरेड सिपि दहाल हुनुन्थ्यो।हामी दुबै जवान कम्युनिस्ट त्यो बेला १७ बर्सका मात्र।हामीसङ्ग बिचार थियो जस्को ताकतमा ठुला भन्दा ठुला कठिन भन्दा कठिन योजना सफल हुन्थ्यो।२३ गतेको रात एकजना झुम्का कै किसान कमरेडको मा बसेर योजना बनायौ।के कसरी गर्ने भन्ने बारेमा छलफल भयो सिपि कमरेड र मेरो।माथी पहाड तिर जनयुद्द शुरुताका हामिसङ्ग राम्रा हतियार थिएनन ।साथिहरुले काठकै पेस्तोल बनाएर दुस्मनको कन्चटमा तेर्स्याइ स्वचालित हतियार कब्जा गरेको सुनेको थियौ ।

मेरो दिमागमा पनि आइडिया फुर्यो ।ब्यानर आफैले लेख्यौ”शाहिसत्ताको बिरुद्दमा चैत्र २४ गते नेपाल बन्द सफल पारौ”अनि एउटा ठूलो आलु खोजेर त्यस्लाइ रातो कपडाले गोलो गृनेट जस्तो बनाएर बेर्यौ र त्यही ब्यानरमा झुन्ड्यायौ।भोलीपल्ट बिहानै सिपि र म त्यो ब्यानर लिएर झुम्काको मुख्य चोकमा गइ सह्कारीको भवनमा टाग्यौ अनि अर्कै बाटो बाट फेरि त्यही घटनास्थल मा आम नागरिक भएर रमिता हेर्न थाल्यौ। एकछिनमै त्यहा बम झुन्ड्याइएको खबरले माहोल तात्यो।ब्यपारीहरु डरले शटर बन्द गर्न थाले।भिड बड्दै गयो।हामी त्यही भिडमा थियौ।एकछिनमा इटहरी पृतनाबाट शाहिसेना को दुई ट्रक ससस्त्र प्रहरी बाट एक ट्रक इलाका प्रहरिको भ्यान बम डिस्पोजल टोलि समेत आइपुग्यो।लामो बासको सहायताले डिस्पोजल टोलिले त्यो बम हटाउन खोज्यो तर सक्दै सकेनन पुरै बजार त्रसित थियो कति बेला बम पड्कियेला भनेर उत्सुक थियो।

धेरै प्रयास पछि बासको भाटाले तानेर बडो सावधानी पुर्वक त्यो बमलाइ नहरको पानीमा डिस्पोज गराइयो।त्यसपछी भिड तितरबितर गरायो सेनाले।बन्द अभुतपुर्व रुपमा सफल भैसकेको थियो ।हामी सेल्टरमा फर्केर समाचार सुन्दैथियौ”आतंककारी द्वारा झुम्का बजारमा राखिएको ब्यानरबम सेनाको डिस्पोजल टोलिद्वारा निष्क्रिय”सिपि र म मरिमरी हास्यौ ।योजना सफल भएकोमा हामी दुबैजनाको आखामा एक प्रकारको बिजयको छुट्टै तेज थियो।