Spread the love



इटहरी पीबी दियाली

  पार्टीको अन्तर पार्टी निर्देशन अपानी अनुसार हरेक तहमा संगठन बनाउन कसिएर लागेको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी छोटकरीमा नेकपा एसले इटहरीमा तीब्र रुपले संगठन बिस्तार अभियान थालेको छ । 
     उपमहागरका २० वटै वडामा वडाकमिटी बनाउने काममा स्थानीय नेता कार्यकर्ताहरु उत्साहकासाथ लागेका छन । पार्टी केन्द्रीय सदस्य केशव बिष्टको गृहेनगर रहेको इटहरीमा संगठन निर्माण गर्न खासै कठिनाई छैन । कन्भेन्स गर्ने साथ नाइ नभन्नेहरु थुप्रै छन । पार्टीको नगर सदस्य तथा ८ न वडा इन्चार्ज कैलाश राइले भने । बिशेष गरि शहर एरियाले ढाकेको वडा न ८मा पार्टी प्रति आकर्षित हुने यूवाहरुको ताँतीनै छ नेपाल खेलकुद महाँसंघका सुनसरी जिल्ला सदस्य खेमराज श्रेष्ठले भने । त्यसै गरि घना बस्ती रहेको ४ न मा कमिटी बन्ने तर्खरमा छ। ६ न वडामा पर्ने चोक बजार एरियामा पनि पार्टीका थुप्रै नेता कार्यकर्ताहरु रहेको वडा इन्चार्ज सन्जिव खडकाले बताए । ९ न वडामा लेखनाथ खत्रीको इन्चार्जसिप छ । एमाले छंदा राम्रै छवी वनाएका खत्रीले छिटटै वडा कमिटी बन्ने दावी गरेका छन । ५ न वडामा पनि उत्तिकै जनआकर्षण बढिरहेको उपमहानगर इन्चार्ज केवल फुयालले बताए । अध्यक्ष गणेश बुढाथोकीका अनुसार आज १ न वडा कमिटीकोलागि एक चर्चमा छलफल भएको छ । जिल्ला उपसचिब राजेश भण्डारीको पहलमा केन्द्र्रिय सदस्य तथा नेपाल खेलकुदमहाँसंघ अध्यक्ष केशब बिष्ट, जिल्ला उपाध्यक्ष रामचन्द्र मटैत,जिल्ला सदस्य तथा इटहरी उपमहानगर सचिव बसन्त श्रेष्ठ, सचिवालय सदस्य पीबी दियाली लगायतको उपस्थिती थियो । स्थानीय इश्वर सापकोटा,रोसन सिन्चुरी लगायत महिला तथा यूवाहरुले गाउँटोलको बिकास निर्माणबारे चासो राख्दै बिभिन्न जिज्ञासा राखेका थिए । जनस्तरबाट आएका प्रश्नहरुमा आधारित भएर पार्टी केन्द्रीय सदस्य केशव बिष्टले सोसित पीडित जनताको हित र उन्नतीको लागि लडने इमान्दार र सक्कली कम्युनिष्ट पार्टी कुन हो? अनी बेइमान र जाली झेली कुन हो? भनेर चिन्न सक्नु पर्ने भन्दै नेकपा एकिकृत समाजवादीको कार्यदिशा अनुसार मुलुक चल्ने हो भने देशका जनताले भोक रोग र शोकबाट पीडित हुनु नपर्ने धारणा राख्नु भयो । बिष्टले शनिवार ओजित ३ न वडा कमिटी गठनकोलागि देवीथान मन्दिरमा आयोजित सभामा प्रमुख आतिथ्यता ग्रहरण गर्दै यस्तै बिचार ब्यक्त गर्नु भएको थियो । उपमहानगर सचिब बसन्त श्रेष्ठले कार्यक्रम संचालन,प्रदेश सदस्य प्रकाश निरौलाको सभापतित्व र कैलाश राईलेस्वागत भाषण गर्नु भएको उक्त सभामा प्रदेश सदस्य दिवाकर रेग्मी,इटहरी उपमहानगर इन्चार्ज केवल फुयाल,उपमहानगर कमिटी अध्यक्ष गणेश बुढाथोकी लगायतले पार्टी गतिबिधिबारे बोल्नु हुंदै नेकपा एसमा जनलहर बढदै गएको बताएका थिए । वडा न ३का यन्चार्ज बिजय लिम्बुकै अध्यक्षतामा उपाध्यमा चन्दा गुरुंग र निमसिंङ तामाङ,सचिव गोबिन्द महत,उपसचिव फुलमाया पुलामी मगर  रहेका छन भने सदस्यमा देवान तामाङ,मिना सार्की दुलाल,प्रिती राई,मिलन राइृ,बिमला राइ,बन्दना राई,कुन्ता राई,निर्मला मगर,सुजन राईसागर तामाङ,काजी गजमेर,प्रदिप तामाङ,निर्मला नेपाल,गिता प्रधान,तिलमाया तामाङ,सरोज पोखरेल,सन्तोषी दाहाल,मुना सार्की र सपना केसी रहेका छन । सोही अबसरमा समाजवादी यूवा संघ गठन भएको छ पार्टीको जिल्ला सदस्य तथा दलित बिभाग इन्चार्ज पीबी दियालीका अनुसार यूवको अध्यक्षमा पंचराई ३ न वडा कमिटी अध्यक्ष रहेका छन । उपअध्यक्षमा बिकास चौधरी र तिलमायाँ तामाङ रहेका छन । सचिवमा मौसम पौडेल,सहसचिवमा सलेन राई,कोषध्यक्षमा गोकुल बिक,सदस्यमा मनकुमार राई,आनन्दराज अधिकारी,जापान राई,आदर्श राई,मौसम लिम्बु र निरज नेपाल रहेका छन ।