Spread the love

                    भानु भक्त घिमिरे सिम्पानी खोटाङकोलागि अपरिचित नाम होइन । पंचायतकालका ३०सै बर्ष सम्म सिम्पानी गाउँपंचायतमा प्रधानपंच जिति नै रहनु भयो । त्यति लामो समय सम्म जनप्रतिनिधी भएर काम गरेको कारण भानुभक्त“ घिमिरे ”भएर पनि जनजीब्रोमा “प्रधान “भनेर चिनिनु भयो । प्रधानको घर,प्रधानको मिल, प्रधानको घोडा ,प्रधानको खेत त्यतिमात्रै कहाँ होर ?सिम्पानी स्कुलमै पढेर अहिले उपसचिब रहेका अनोज घिमिरे,इन्जियिर भई अष्ट्रेलियामा रहेका मनोज घिमिरे,जेहेन्दार बिध्यार्थी हालका ब्यबसायि सिरोज घिमिरे,पढनमा लगसशील उहाँकी जेठी छोरी प्रमिला र अहिले स्वास्थ्य कर्मी रहेर झापापाको अर्जुनधारा नगरपालिकामा स्वास्थ्य कर्मी  रहेकी सर्मिला घिमिरे पनि बाउकै पदबाट  चिनिन्थे चाहे सकूलमा भेटिउन,चाहे पंधेरोमा चाहे मेलनपात, स्कुलमा बाउकै नामबाट संबोधित हुन्थे ।  प्रधानकै छोरो, स्कूलमा जति उच्च अंक ल्याओस या स्कूल फस्ट सेकेण्ड होस ,प्रधानको छोरो वा प्रधानकी छोरी । ”बाहुन घिमिर“े हुन भानुभक्त तर कामको बिरसताले गर्दा सबैले प्रधान भनेर संबोधन गर्छन । उहाँ अहिले आफनो गाउंमा त हुनुहुन्न । बिराटनगरमा बसाई आएर निक्कै समय त्यही बिताउनु भयो । उहाँ बसाईं आएपछि गाउंछोडेर बसाई जानेको ताँतीमा लाग्ने अधिकाँस सिम्पानेहरु खाली बिराटनगरै आउन चाहान्थे । पुस्पलाललचौकमा प्रधानको घर उहाँकै एरियामा घडेरी किने अब उही बस्छु । इन्द्रेणी पोखरी थालेचौरबाट सिम्पानी काइला पुरेतको खाएल किनेर बसेका प्रखयात सुचिकार गजुरमान परियारलले २० बर्ष अघि बिराटनगरमा जग्गा किन्ने क्रममा इटहरीमा भेट हुंदा यो पंक्तिकारलाई त्यसै भनेका थिए। सिलाई कटिंङमा अब्बल टेलरिंग ब्यबसायी एक समय सिम्पानी ७बाट२०४८सालको चुनाबमा  वडाअध्यक्ष समेत जितेका जगमान परियार पनि प्रधानकै पदचाप समातेर बिराटनगर सरेको थुप्रै भयो । “प्रधान पनि हिंडे अब हामी किन बस्नु ? यहाँ उतै जान्छौं।” सिम्पानीका धेरै ब्यक्तिको जिब्रोमा यस्तै भाषाले संबाद हुनथ्यो २०।२५ बर्ष अघि सम्म । अचेल भानुभक्त घिमिरे प्राय ः काठमाण्डौ रहनु हुन्छ । सिम्पानीमा तेत्रो कार्यकाल प्रधानपंच रहंदा फलानाले यसो गरयो,त्यसो गरयो, यति खायो, ठग्यो हिनामिना गरो?  भन्ने काही कतै  सुनिएन । झैं झगडा लफडामा पनि नाम जोडिएन। गरिब,धनी सानो ठूलो सबैलाई रिझाएरै रहनु भो प्रधान । मुद्धामामिला पर्दा बीचमा बसेर इन्साप सुनाए पछि कसैले नाइनास्ति गर्दैन थिए । बिकास निर्माण जेसुकै होस कुनै स्वार्थ राखेर काम गरि पैसाको लोभलालचा र कसैप्रति हेलाहोचो कुनै कुरामा प्रधानको नाम बद्नाम भएन । उहाँ अहिले के गर्दै हुनुहन्छ ? ठूलाठूला राजनीतिक आन्दोलनहरु भए,राजा हटेर राष्ट्रपति भई सके । देशले निक्कै ठूलो आन्दोलन ब्यहोरिसक्यो ,पंचायतको अन्त्य,संसदीय ब्यबस्थको उदय, जनयुद्ध, जनआन्दोलन हुंदै लोकतान्त्रिक गणतन्त्र संबिधानसभा हुंदै बामपन्थीको सुबिधाजनक दुईतिहाई सरकार अनि फेरि संसद बिघटन र यतिबेला ओली सरकारले प्रतिगमन गरेको भन्दै आन्दोलनको बिगुल बजिरहेबको छ । यो सबैलाई पुराना राजनीतिज्ञ भानुभक्त घिमिरे अथवा जनताका ”प्रधान”  के सोच्दै हुनु हुन्छ ? उहाँको जीवनी अनि बर्तमान राजनैतिक अबस्थाबारे उहांसंगको कुराकानी यसप्रकार छ । 

.तपाईंको बारेमा भनि दिनुस न ? जन्म मिति कहिले र कहाँ हो? शिक्षादिक्षा के कसरी रहयो?
म भानुभक्त घिमिरे हुं । न्वारानकै नाम हो यो मेरो ।

No description available.


२००१ साल आषाढ ३१ गते बिहिवार खोटांग सिम्पानी वडा नं. ७, मा जन्मिएको हुं ।
. बिराटनगर महानगरपालिका वडा नं.३ पुष्पलाल चौकमा बसाई सरे। अहिले काठमाण्डौ बस्छु ।

No description available.


मेरो औपचारिक शिक्षा साधारण छ । धेरै पढेको छैन तर आफु र दुनियाँबारे सुझबुझ सम्बन्धि हेक्का छ जस्तो लाग्छ ।

तपाईंको परिवार भित्र रहेका आफन्तजनहरुको नाम याद गर्नु भएको छ त ?
याद छ नि किन नहुनु ? मेरो श्रीमतीको नाम भिम कुमारी सिग्देल घिमिरे हो उनको जन्म२००६ सालमा भएको हो । मेरो हजुर बुवाको नाम लोकनाथ घिमिरे हो। बुवाको नाम बद्रीनाथ घिमिरे हो । ठुली आमा पबित्रा घिमिरे, जन्मदिने.आमा खडग कुमारी घिमिरे , ससुरा बा कोनाम दैबप्रसाद सिग्देल सासुआमाको नाम हरिप्रिया सिग्देल हो ।

No description available.

दाजु, भाउजुहरुको नाम सूर्यप्रसाद घिमिरे, श्रीमती कमलकुमारी घिमिरे . , पुण्य प्रसाद घिमिरे,श्रीमती जानुका दासी र शान्ता घिमिरे .बेदनाथ घिमिरे र श्रीमती यशोदा घिमिरे हो । दिदी,भिनाजुको नाम चन्द्रकला घिमिरे,र पित्रीप्रसाद न्यौपाने, मनमाया घिमिरे र कृष्णप्रसाद नेपाल हो । छोरा बुहारी,नाती नातिनीहरुमा जेठो छोरा अनोज घिमिरे र बुहारी रिजु घिमिरे हुन । नाती प्रत्युस घिमिरे र नातिनी,प्रत्युसा घिमिरे हुन ।
माईलो छोराः मनोज घिमिरे अनि बुहारी स्वस्तीका घिमिरे हुन । नाती प्रनिस घिमिरे हुन ।
कान्छो छोराको नाम सिरोज घिमिरे र बुहारी सुनिता घिमिरे हुन । नातिनी सुमिरन घिमिरे हुन । छोरीज्वाई नाति नातिनाहरुमा जेठी छोरी प्रर्मिला घिमिरे अनि ज्वाई दिपक मैनाली। नातिनी दिप्सना मैनाली र नाती दिर्पसन मैनाली हुन ।
कान्छी छोरी सर्मिला घिमिरे र ज्वाईः बिक्रम दाहाल अनि नातिनी बिध्या दाहाल हुन । तपाईंको बाल्यकाल अनि गाउंमा कुनै बिशेष संझनाहरु छन की ? साथिभाईहरु कोको याद गर्न सक्नु हुन्छ त ?

मेरो जन्म सिम्पानीको आफनै घरमा भएको हो । जन्मदा आमाको सहयोगी पौडेल थरकी भान्जी दिदीले मेरो स्याहार संहार गर्नु भएको हो ।
मेरो न्वारान धार्मिक परम्परा अनुसार ११ दिनमा भएको हो ।

No description available.


न्वारान गर्ने पुरोहित मधुसुधन पौंडेल हुनु हुन्थ्यो ।
मेरो न्वरानको नाम भानुभक्त घिमिरे नै हो ।
क्षेवर र ब्रतबन्धन १२ बर्षमा भएको हो ।

No description available.


मेरो पढाई लेखाई भोजपुर गोगनेमा भएको हो ।
मेरो बाल्यकालको स्वाभाव अली छटपटे र चन्चले थियो अरे ।
मेरो बिवाह तत्कालीन इन्द्रेणीपोखरी गाउं पञ्चायत मुसमुसा निवासी दैवप्रसाद सिग्देल र हरिप्रिया सिग्देका ८छोरा ८छोरी मध्ये
मध्ये १५औं सन्तान कान्छी छोरी भिमकुमारी सिग्देलसंग २०१७ साल फाल्गुण २८ बिवाह भएको
थियो । त्यस बेलाको सांस्कृतिक चलन चल्ती अनुसार बेहुलीको
घर जांदा दमाईले पञ्चैबाजा बजाउदै घोडामा बेहुला चडेर जाने र हिन्दु धर्मको बैधिक बिधी अनुसार
बिवाह सम्पन्न भई बेहुलीलाई डोलीमा राखेर देउमाने घर्ती र छोटे घर्तीले डोली बोकेर ल्याएका
थिए ।
बाल्यकालका मेरा बिर्सन नसकिने साथीहरु गुरुंगे कामी, बिदुरमान दमाई, धर्मानन्द घिमिरे, प्रेमप्रसाद पौडेल, नारायणप्रसाद घिमिरे, पूर्ण
बहादुर घिमिरे, फडिन्द्र पौंडेल, पदम बहादुर बिक, पबित्रा घिमिरे, जमुना घिमिरे, देवका घिमिरे,ललित
बहादुर प्रधान, राम भुजेल, बल बहादुर थामी, कुसुली थामी, लगायतका
साथीहरु थिए ।

तपाईंको बिशेष रुची बारे केही भन्नु त ?

  मेरा ेरुची  खानामा फलफुल,दालभात तर्कारी, खसिको मासु मन पर्छ ।  पत्र पत्रिका पढ्ने, दुख परेकालाई सहयोग गर्ने, सामाजिक क्षेत्रमा अग्रसर
      हुने, जाहाँ पनि अगुवाको भुमिका निर्वाह गर्न मनलाग्ने मेरो रुची थियो । अहिले पनि त्यही छ ।      

तपाई रानीतिक क्षेत्रमा रहेर कामगर्दाको स्मरण या कामको गतिबिधिहरु केही याद छ की ? प्रेरणाका स्रोतहरु कोको हुन ? . मलाई राजनीतिक क्षेत्रमा लाग्न प्रेरणा दिने व्यक्तीहरु भनेर
धनप्रसाद राई, सिम्पानी, बृख बहादुर राई बालडाडा, रामबाबु ओझा खोटांग बजार, शिवप्रसाद ओझा
बडका दियाले निवासीलाई संझन्छु ।

No description available.


राजनीतिमा लागेको २०२१ देखि २०२६ साल सम्म सिम्पानी गाउं पञ्चायतको उपप्रधानपञ्च भई ५ बर्ष
जनताको सेवा गरेको थिए । म उप प्रधानपञ्च हुंदा बिन्द्र बहादुर थापा प्रधानपञ्च हुनु हुन्थ्यो । . त्यस पछि २०२६ साल देखि २०४६ साल निरन्तर सोही गाउं पञ्चायतको प्रधानपञ्च भई २० बर्ष जन्ताको सेव गर्ने मौका पांए ।

No description available.


तपाईंले गाउँको नेतृत्व लिंदा अरुबाट केकस्तो सहयोग पाउनु भयो? कि कठिन थियो ? राजनीति?
म प्रधानपञ्च हुंदा उप प्रधानपञ्च क्रमसः बेदनाथ पोखरेल, जक्त बहादुर खड्का,रामबाबु थापा र
गोबिन्द दाहाल हुनु हुन्थ्यो । सबै साथीहरुको साथ सहयोग राम्रो पाएको थिए। मेरो कार्यकालमा मलाई
सहयोग पुर्याउनु हुने उप प्रधानपञ्च, वडा अध्यक्षहरु, वडा सदस्यहरु,सबै कर्मचारी बर्गहरुलाई संझन
चाहन्छु । सबैलाई धन्यवाद दिन चाहन्छु ।

सामाजिक र बिकास क्षेत्रमा पर्याएका योगदानहरुबारे केही भन्नु हुन्छ की?
सिम्पानीमा खाने पानीको समस्या थियो। त्यसको समाधानको निमित्त चिप्रिंग खोला (करिव ३ कोष टाडा)
बाट ठुलो कुलो खनाई लोहकिलमा जमिनमुनी ८ लाख क्षमता भएको पानी टंकी बनाई पानी जम्मा गरेर
९ वटै वडाको अतिआश्यक क्षेत्रमा पानीको नाला बिस्तार गरी धारा बितरण तथा संरक्षण गर्ने गराउने
व्यबस्था गरेको थिए ।

No description available.


. सिम्पानी मा.बि.को संचालक समितिको अध्यक्ष भई काम गरे । म प्रधानपञ्च हुंदा १ वटा स्कुल मात्र
थियो । पछि मेरो कार्यकालमा २ वटा बिद्यालय स्वीकृत गरेर ल्याई स्कुल संचालन गरे।
गणेश टारको मन्दीर जिर्णोद्धार गरे । फलाटे देबीथान मर्मत, मार्सेका महादेवथान मर्मत तथा अन्य क्षेत्रका मठ
मन्दीर संरक्षण गर्ने गराउने काम गरेको थिएं।
. त्यस समयमा वन संरक्षण, वातावरण, सरसफाईका कामहरु पञ्चायत कार्यालय तथा पदाधिकारीहरु बाटै
गर्ने गराउन गरिन्थ्यो । बरपिल रोप्ने, चौतारा बनाउने कार्य पहाडको ठाउंमा महत्व पूर्ण काम हुने हुंदा
एकादशी, ठुली एकादशी, तथा अन्य शुभ कार्यमा बरपिल रोप्ने, चौतारो बनाउने,बरपिलको बिवाह गरी दिने,
परम्परा देखि चल्दै आएको काम लाई अझ प्राथकिमता दिई प्रोत्साहान दिने कामहरु गरिन्थ्योे । प्रत्येक
दशैमा १ देखि ९ वटा वडाका बाटाहरु स्थानीय जन सहभागिताबाट बाटाहरु सरसफाई गर्ने, बाटो खन्ने,
चौडाई बनाउने, जथा भाबी भएको फोहर ब्यबस्थापन गरि हटाउने, वातावरण सफा राख्नु पर्छ भन्ने जनचेतना
जगाउने काम गरिदै आइएको थियो ।
लोहकिल बजारमा लाग्दै गरेको हटियालाई व्यबस्थित गर्न छेडाभन्जयांङमा साप्ताहिक बजार ब्यबस्थापन
गराएको थिए। र हाल सोही ठाउमा हटिया लागी रहेको छ भन्ने सुन्दैछु ।
कुवा तथा पंधेरा संरक्षणका कामहरु पनि गरिएका छन ।जस्तै पधेरा पांच पोखरे,लुकुवा पानी, भोगटेनी र
केउरेनीमा पानीको कुवा निर्माण तथा मर्मत संहार गराएको थिंए ।
सिम्पानी मा.बि.को भवन निर्माण गराँए . प्रहरी चौंक भवन निर्माण गरियो ।
सिम्पानीको लाकुरीकोबोट देखी लोहकिल कमेरे भिरको मुख सम्म करिब १० फिट चौडाई भएको बाटोमा
चप्लेटी ढुंगा बिक्ष्याउने कामहरु गरे.।
अनाथ तथा आर्थिक रुपले कमजोर अबस्था भएका ३ जनालाई पढाउने,पालन पोषण तथा आफैले बिवाह
गरी दिने कामहरु गरे । कतिलाई आफैले खर्च गरेर बिवाह समेत गरिदिने काम गरियो ।

जन प्रतिनिधीको अतिरिक्त संघ संस्थानमा आबद्ध भएर काम पनि गर्नु भो ।सुनाउनु न के के गर्नु भो त्यतिबेला ?

 १. जिल्ला शिक्षा समितिको सदस्य भई काम गरेको ।
 २. सिम्पानी खानेपानीको अध्यक्ष भई काम गरेको ।
 ३. बन उपभोक्ता समितिको अध्यक्ष भई काम गरेको । 
 ४ .खोटांग सिम्पानीमा करिब १०० घर घिमिरे बन्धुहरुको कुल पुजा समितिको २०२१  साल देखी २०५६ साल
    सम्म अध्यक्ष भई प्रत्येक ३।३ बर्षमा कुल पुजा गर्दै आएको ।    
 ५. एकिकृत घिमिरे कल्याण परिषद केन्द्रिय कार्यालय, बिराटनगरको २०५९ साल देखि २०७४ साल सम्म
    अध्यक्ष भई काम गरेको । 
 ६. मानगढ खानेपानी आयोजना, बिराटनगरको सल्लाहकार सदस्य भई काम गरेको । 
 ७. खोटांग सामाजिक सेवा मञ्च, केन्द्रिय कार्यालयको सल्लाहकार भई काम गरेको ।  

नेपालको राजनीतिक परिवर्तनहरुलाई कसरी हेर्नु हुन्छ? तपाईंको पालामा भन्दा अहिलेको राजनीति गराईमा के फरक छ ?

No description available.

. म ३० बर्ष पञ्चायतको शासनकालमा गाउं पञ्चायतको मुख्य पदमा कामगरेतापनि नेपालमा भएगरेका
राजनीतिक परिवर्तनका आन्दोलनहरुमा मेरो पूर्ण समर्थन रहेको थियो । म कठोर पंच भएर परिवर्तन बिरुद्ध कुनै गतिबिधि गरिन । जेष्ठ नागरिकहरुलाई बृद्ध भत्ता दिने घोषणा गर्दा म धेरै खुसी भएको थिए।

No description available.


२०४६। २०४७ को जनआन्दोल पछि बनेको कम्युष्टि पार्टीका प्रथम प्रधानमन्त्री मानमोहन अधिकारीज्यूको
नेतृत्वमा बनेको सरकारले जेष्ठ नागरिकहरुलाई बृद्ध भत्ता दिने व्यबस्था गर्नु भयो थियो। त्यो धरै राम्रो कामको

No description available.


सुरुवात भएको थियो । त्यो बृद्ध भत्ताले हाल सम्म उहाँ अधिकारी जीवित नै हुनुहुन्छ र सधै उहाँको कृती रहिरहने छ भन्ने
लाग्छ । बृद्धहरुलाई ठुलो सम्मान गर्नु भएकोले उहालाई धन्यवाद दिन चाहन्छु ।

त्यो बेला हामिले राजनीति गर्दा निस्वार्थ भावनाले जनताको काम गर्दथियौं
त्यो बेला मैले राजनीति गर्दा निस्वार्थ, निशुल्क आफनो खाएर, भ्रष्टचार नगरी, कलंक रहित काम गरेको थिए।
अहिलेका नेता,कार्यकर्ता, मन्त्रीहरुले भ्रष्टचार गरे, यति खाए,उतिखाए भन्छन। सुन्दा दुःख लाग्छ । भ्रष्टचार नगरी
जनता र देशको बिकास गरे राम्रो हुने थियो ।

राजनीतिमा लाग्ने नेता, कार्यकर्ताहरुलाई कस्तो सुझाव दिनुहुन्छ ?

No description available.
 १. राजनीतिमा लागेको नेता कार्यकर्ताले पैसाको आस गर्नु हुदैन ।                                      .    २. राजनीतिमा लागेका नेता कार्यकर्ताले तलब नखाई देश र जन्ताको लागी काम गर्नु पर्छ ।  
 ३. घर परिवारको काम भन्दा जन्ताको कामलाई पहिलो प्राथमिकता दिनु पर्छ ।                               .    ४.जस्तो सुकै कठिन परिस्थितिमा पनी आफ्नो जिम्मेवारी प्रति इमान्दार,प्रतिबद्ध,लगनसिल बफादार,कर्तव्यनिष्ठ
   हुन पर्छ ।                                                          .     
५. नेपालमा राजनीति परिवर्तन धेरै बिकासका काम हुने सुखी नेपालीको कल्पना गरेको थिए,मैले सोचे अनुसार
   अझै नेताहरुले काम गर्नु सकेका छैनन।  केही बिकास निर्माणको कामहरु त भएका छन। तर जनताका इच्छा, 
   आकाक्षा पुरा भएका छैनन । राजनीतिक खिचातानीमा नलागी देश र जन्ताको काम गर्नुपर्छ । 

देश, बिदेश भ्रमण गरेको स्थानहरु बारे केही भन्नु त?

 १.मैले नेपालका १५ जिल्लाका सदरमुकाम र त्यस क्षेत्रका केही गाउंहरु र बिदेशको हकमा भने  भारतका केही 
   सहर उत्तरा राज्य,गोहाटी,कामक्ष सहर, र अष्ट्ेलिया देशका केही सहर घुमेको छु । घुम्ने क्रममा त्यस ठाउको 
   बिकास, अनुसासित जन्ता, मानव मानवमा गर्ने मानबिय व्यवहार राम्रो लाग्यो । 
 २.मलाई २ वटा भाषा आउछ , नेपाली र हिन्दी ।

तपाईं पंचायतकालभरि गाउंमा चुनाब जितेरै नेतृत्व गर्नु भयो त्यतिबेला बौद्धिक ब्यक्तिहरु संझनु हुन्छ की?
गणेश अधिकारी,पर्सुराम कार्की,कमला कार्की (सिम्पानी मा.बि.को पहिलो शिक्षिका) पं.भवानी भटृराई,तोयानाथ
घिमिरे,माणिकलाल प्रधान,गोपी पोखरेल (दृष्टि बिहिन भएता पनि बिज्ञान र नैतिक शिक्षा पढाउने राम्रो शिक्षक)

No description available.


लगायत मैले संझिनु पर्ने नजिकका साथिहरु
श्रीप्रसाद भटृराई खोटांग बजार, केदार राई भाटेस्वांरा बर्रे, काशी राई कसेनी, अम्बीका लम्साल बड्का दियाले,रामबाबु थापा भाटेस्वांरा बर्रे, दलबहादर खड्का सिम्पानी,जक्तबहादुर खड्का सिम्पानी,ठाकुरबहादुर राई कसेरी,मधुसुधन भटृराई हिलेखर्क इन्दे्रणी पोखरी,दलबहादुर बस्नेत लिच्किराम्चे,जयबहादुर राई चिप्रिंग,पदमबहादुर राई चिप्रिंग, कृष्णबहादुर राई चिप्रिंग,लेखनाथ पोखरेल सिम्पानी, नारायण पोखरेल सिम्पानी,दिननाथ भटटराई इन्दे्रणी पोखरी,ललितबहादुर खड्का सिम्पानी, छत्रबहादुर खड्का सिम्पानी,गम्भिर बहादुर खडका सिम्पानी ,कर्ता राई चिप्रिङ तेजबहादुर बस्नेत, अर्जुन गुरुंग,पर्शुराम राई, नरेन्द्र राई, शैलेश राई, टंकबहादुर कार्की, मदन घले, लगायतका साथिहरुलाई संझन चाहन्छु । जो कतिपय प्रगतिशील बिचारधाराका मान्छेमा गनिन्थे ।

तपाईको पहलमा सिम्पानीमा पहिलो पटक संचालन भएका सेवाहरु केके थिए ?

No description available.


१. पहिलो पटक जेनेटरबाट बिजुली बितरण
साना किसान कार्यालयका, प्रमुख लखन यादबको सुझाब र स्थानीयको पहलमा जेनेटरबाट सिम्पानीमा करिब
५० घरमा सामुहिक बिजुली बितरण गरेको ।
२. पहिलो मिल स्थापना ः
ढिकी जांतोले गुजरा गर्दै आएका स्थानीयलाई मध्यनजर गर्दै पहिलो
पटक अन्न कुटानी, पिसानी गर्ने मिलको संचालन अनोज घिमिरे हो ।
३. पहिलो पटक टेलिफोन सेवा स्थापना ः
चिठृी पत्रको माध्यामबाट महिनौ दिनमा आई पुग्ने खवर आफनै कानले आफना मान्छेको स्वरमा बोल्न
सिम्पानीमा पहिलो टेलिफोन सेवा संचालन गर्ने मुकुन्द खड्का हो ।
४. पहिलो पटक फोटो स्टुडियो खोल्ने
पासपोर्ट साइजको फोटो खिच्न पनि दिनमाया मारेर खोटाङ बजार जानु पर्दथियो, पहिलो पटक सिम्पानीमा
फोटो स्टुडियो खोल्ने नारायण खड्का हो ।
५.पहिलो पटक टेलिभिजन जडान
जेनेटर बाट बत्ती बलेकै अबस्थामा पहिलो पटक गाउमा टेलिभिजन ल्याएर सबैलाई मनोरंन्ज गराउने व्यक्ती
प्रकास उदास हुन ।
.
बाल्याकालका बिर्सन नसकिने क्षेणहरु छन भने सुनाउनु त ?

No description available.


मार्सेको महादेब थानमा बर्षको एक पटक बैंशाख, जेठ महिनामा पानी नपरेर खडेरी भएको बेला सो ठाउंमा परम्परा देखि घिमिरे बन्धुहरु प्रत्येक घरबाट धुप अक्षयता लाने र घर घरबाट १।१ जना मानिसहरु सो माहदेवथानमा जाने, पुरोहित बोलाई रुद्री लगाउने,पाती चडाउने,र त्यस ठाउमा भेला जम्मा भएका सबै व्यक्तिहरुले खाना बनाई, खाने, खाना खाई सकेपछी १ जनालाई सबैले लगाएका कपडा बोकी सिम्पानी लगेर एक जनाको घरमा राख्ने र अरु सबै गाग्रीमा पानी ल्याई सबै एकै ठाउमा भेला हुने, एक जनाले अग्लो ठाउंमा बसेर पानी खन्याई दिने र त्यहां भएका सबैले हातमा सिमालिको सेउली लिई टाउकोमा पानी थापी हरहर महादेव पानी देउदेउ, यतिले त पुगेन अलिथपी देउदेउ भन्ने शव्द उच्चारण गरी, तिन फेरा महादेव स्थान परिक्रमा गरी त्यहांबाट लहरै लहर लागेर सबैले हरहर माहादेव पानी देउदेउ, यतिलेत पुगेन अली थपी देउदेउ,भन्दै घिमिरेको बिर्ता मार्से खेतको सत्ताइसेमा धेरैबेर सम्म नाचेर त्यहाँबाट एकैस्वर गरी सिम्पानी आउने र घिमिरेका घरघरमा सबैले १ घैलौ पानी बाहिर राखिदिने,सबै जम्मा भई पानीको घैला खन्याउने गर्दै सबै घरघुली क्षेडा भन्ज्यांङमा ठुलो पिपलको रुखमा सेउली सेलाउने र कपडा लगाएर आ आफनो घर जाने परम्परा थियो । त्यही रातमा पानी पर्ने, प्रकृतीले पनि साथ दिने चलन चन्दै आएको थियो । सो महादेव थानमा वरी परी ढुंगाले बनाएको वाल भित्र ठूला ठूला बर पिलका रुख थिए, त्यसमा ठूला ठुला नागनागिनी बसेको देखिन्थ्यो ।

सिम्पानीमा पुरा गर्न बांकी रहेका अधुरा इच्छाहरु के के छन त?

No description available.


मेरा इच्छा थियो टुवा खोलाको पानी सिम्पानी ल्याएर र सिन्चाई गर्ने, सिम्पानी लाई एक पर्यटकीय, मनोरन्जनका लागि हरियाली पार्क बनाउने इच्छा थियो । सिम्पानी घिमिरेको बिर्ता भएकोले त्यसलाई केही गर्नु पर्छ भन्ने सिम्पानीका घिमिरे बन्धुहरुलाई सुझाब दिन पनि चाहन्छु ।

तेति धेरै सेवा गरेको ,जनताले बिशवास गरेको ठाउँ सिम्पानीबाट बसाई सर्नुको कारण के हो? भन्नु त
छोरा छोरी पढाई, कामको सिलसिलामा बिराटनगर, काठमाण्डौ जानु पर्ने भएकोले र मेरो उमेर पनि बृद्ध हुदै गएको हुंदा बसाई सर्न बाध्य भएको । बसाईं सरेर म मा गाउँ प्रति केही फरक सोच पलाएको छैन । बिकास र उन्नतिकोलागि सोचमग्न छु। बेलाबखत पुगि राखेको छु । अझझै केही गर्नु परे म तयार छु । मेरो जायजेथा अन्तर्गतको केही जमिन पनि त्यही. छ । इष्टमित्रहरु प्यारा जनता दाजुभाई दिदिबहिनीहरु त्यही हुनुहुन्छ । म पनि त्यहीं छु जस्तै लाग्छ ।

कार्यभार लिएको बेला गाउंमा बिर्सन नसक्ने कुनै घटनाहरु छन कि?

No description available.


१.सिम्पानी मा.बि संचालन गर्दा, लोकल शिक्षकहरु हुनुहुन्थ्यो त्यसबेला हामी ४ गा.बि.स.मा जिन्सी चन्द चन्दा संकलन गरेर चलाउनु थियो । शिक्षकको तलब त्यही जिन्सी सामान हुन्थ्यो । एक दिन सिम्पानीको ५ नं. का पूर्णमान राईले ५ पाथी भटमास,चन्दा दिनु भयो । मैले पाइजामामा लगाएको थिए । त्यस बखत अण्डरपेन लगाएर हिंड्ने चलन पनि थियो र मैले त्यो पाइजामा फुकाली दुइ खुटृा बाँधेर भटमास त्यसै पाईजामा हालेर बोकेर सिम्पानी ल्याएको घटना हाल सम्म सम्झना आईरहन्छ ।
२. सिम्पानीमा पहिले पूर्ण सरकारी आधार स्कुल थियो । त्यो स्कुल भोजपुरको दलगाउंमा शिक्षक पूर्णप्रसाद पोखरेलले लानु भएछ । पछि उहाँहरु त्यो बिद्यालयका फर्निचर लिन भनि आउनु भयो । त्यो फर्निचर त्यहाँका बासिन्दा हामी सबैले लान दिएनौं। हामीलाई उहाँले भोजपुर अञ्चलाधिस कार्यालयमा उजुर गर्नु भएछ । त्यतीखेर मुखिया काली प्रसाद भन्ने बृद्ध ब्याक्ती, खड्ग बहादुर खड्का र मलाई उजुर परयो । युवनाथ शर्मा भन्ने बडा हाकिम हुनु हुन्थ्यो । फांटवाला लाई त्यसबखत अमर बहादुर राउतले कमेज फुकालेर हेर मेरा काँध ?त्यो बिद्यालय निर्माण गर्दा काठ बोकेको भनेर देखाए छन । अञ्चलाधीशले अर्को ब्याबस्था नभए सम्म सो बिद्यालय सिम्पानी मै रहने भन्ने तोक आादेश गर्नु भयो । र बिद्यालय सरेन। अहिले उच्च मा.बि.को रुपमा धेरै राम्रोसंग संचालन भई मास्टर डिग्री पनि चल्दैछ भन्ने सुन्दा खुसिले गदगद छु ।

तपाईंको मान सम्मान तथा पदक बारे भन्नु न ?

No description available.


१. मैले २०३३ सालमा तत्कालिन राजा श्री ५ बीरेन्द्र बिरबिक्रम शाहदेब बाट समाज सेवा पदक प्राप्त गरेको ।
२. २०४५ सालमा कोशी अञ्चलाधिश, सूर्य बहादुर सेनओलीबाट सामाजिक सेवा पदक प्राप्त गरेको छु ।

No description available.

गाउँ छाडेर बिराटनगर र काठमाण्डौ बस्दाको अनुभव भन्नु न
सिम्पानीमा र बिराटगनर, काठमाण्डौमा बस्ता केही फरक त हुने नै भयो । सिम्पानीमा कार्यकारी भूमिका निर्वाह गरेर बसेको, उमेर पनि थियो । अहिले बृद्ध पनि भइयो। तर पनि म सानै देखि सामाजिक क्षेत्रमा रमाउने बानी भएकोले, बन्धुहरुसंग भेटघाट, छलफल, बन्धुउत्थान, र अन्य सामाजिक क्षेत्रमा सर सल्लाह, सुझाब दिने कामका साथै काठमाण्डौंको पेप्सीकोलाको फुटबल ग्राउण्डमा खोटांग, बिराटनगरका साथै अन्य जिल्लाबाट आई बसोवास गर्ने जेष्ठनागरिकहरुसंग प्रत्येक दिन एक पटक भेटघाट गरी एक आपसमा छलफल, रमाइलो गरि दिन बिताई रहेका छौ ।

No description available.

हाल हजुरको स्वास्थ्य अबस्था के कसो छ ? घर परिवारमा कोको हुनुहन्छ ?

मेरो स्वास्थ्य अबस्था बेठिक छैन । २० बर्ष देखि प्रेसरको औंषधी खाई रहेको छु। आफनो स्वास्थ्य प्रति सचेत छु । सामान्य केही स्वास्थ्य समस्य देखा परे घरेलु उपचारबाट ठिक पार्छु । मलाई मेरा दाजु भाई, साथी भाई, इस्टमित्र,आफन्तले माया गर्नु हुन्छ, सम्मान गर्नु हुन्छ । त्यसले मलाई ओखतीको रुपमा काम गरेको महसुस गरेको छु ।मेरो श्रीमती र सबै छोरा, छोरी आ(आफनो व्यबहारमा छन । सबैको अबस्था राम्रो छ । म सन्तुष्ट छु, । बिहान ४ बजे उठेर, नुवाईधुवाई गरेर, पुजापाठ, मर्निङ वाक १ घण्टा गर्ने र घर आएर चिया नास्ता खाने, पत्र पत्रिका पढ्ने, फेरी एक पटक गाउंघर चौंकमा गएर साथीभाई, बन्धुहरुसंग भेटेर देश बिदेशका कुरा, राम्रा,नराम्रा घटनाहरु छलफल गर्ने र ९ बजे तिर घर आएर खाना खाने । दिनमा आराम गर्ने, बेलुकीपख चौंकमा साथीभाईसंग भेटाघाट गरी सांझमा खाना खाएर ८ बजे सुत्ने गरेको छु ।

No description available.