Spread the love

प्रकृति ले मात्र होइन।


मैले पनि परिवर्तन चाहेको छु।
समानता एवं समुन्नत बिकास को समाज
जहाँ रमाउन हरेक नेपालीले अंकमाल गरेर
खुल्ला आकाशमा पंछि उडे झै उड्न पाउन।
तर अफसोच, हिन्दुत्व शामन्ती कुप्रथा ले
जातिय बर्गिकरण गरेर शोषण गरेको पनि
युगौ भैसक्यो।
शोषण को रुप फेरिन्छ। तर परिबर्तन फेरिदैन।

सायद, बुझ्ने र नबुझ्नेहरू बिच
आज पनि यही प्रश्न हाम्रो समाजमा
अंग अंगमा अझ कसिलो बनेर बाधिएको छ।
यहाँ शाषक र सासन फेरिए।
देश ले रोईलो मच्चाई रह्यो।
फेरि पनि कुसँस्कारको नियति ले
पश्चिम सेती रुकुम नरसंहार काण्ड बल्झाई दियो।
समाज परिवर्तन चाहाने सपनाहरु खण्डित बनेर जलिरहयो।
मात्र! म र मेरो समाज रमिते बन्यो।
एउटा निरिह अनि आत्मा गाल्निको बोझ बोकेर।

आज, संसार जित्ने मानब सभ्यता
भित्र भित्रै भुसको आगोजस्तै सल्किरहेको छ।
बाध्यताको सांलोले आफै लाई बाधेर
संसार सागुरो बनाउदैछ।
छटपटी का पिडाहरु उल्झन बनिरहेको छ।
जित र हार को संघारमा उभिएको मान्छेहरु
कोरोना भाईरस संगॅ महायुध्द लडिरहेको छ।

हो! ठीक आज मेरो समाज यसैको चपेटामा मुछिएको छ।
कोरोना भाईरस ले मानिस मानिस बिच
एक आपसमा दुरी बनाई दिएको छ।
जस्तो। अछुत बनाएर। श्रम, शारीरिक, मानसिक शोषण
गर्ने शामन्ती सोच।
ठूलो र सानो भेदभाव को परिदृश्य जस्तो।
मन्दिर प्रवेश र समाज सुधारको अपहेलना जस्तो।

सुन्दैछु। आज भोलि
मेरो समाज को छुवाछुत कुण्ठित रितहरू
कोरोना भाईरस मुक्त गराउने महामानबहरू
डाक्टर र नर्स अनि राष्ट्र सेबकहरू प्रति
हरेक दिन लादिदैछ।
यो कस्तो बिडम्बना। यो कस्तो कमजोर सोच
हिजो दलितहरू लाई बर्गिकरण गरेर रमाउनेहरू
अझै रमाएर अघाएका छैनन् र?

यहाँ जीवन दान दिनेहरू, सभ्यता बचाउनेहरू
डाक्टर, नर्स अनि राष्ट्र सेवक लाई मात्र होइन।
कोरोना मुक्त आफु जस्तै मान्छे मान्छे बिच
भेदभाव को पर्खाल लगाईदैछ।
कहि भौतिक आक्रमण हुदैछ।
त कहि अभद्र ब्यबहार गरेर ताण्डव मच्चाई रहेका छन्।
केवल, जातीय बिभेद को नशा भनौ।
कुसँस्कार सोचको उपज भनौ।

हे मनुष्य जातिका कलंकहरू हो।
अब त समाज परिवर्तन गर?
चाहे, हिजोको मानिस मानिस बीच को
जातीय बिभेद किन नहोस।
चाहे, आजको कोरोना भाईरस ले मानिस मानिस बीच
बनाई दिएको बिभेद किन नहोस।
मलाई मेरो समाज परिवर्तन चाहिएको छ।।