Spread the love


—सोमनाथ भट्टराई
(धर्म निरपेक्षताले हिन्दु, मुसलमान, बुद्धलाई चोट पारेर केवल क्रिश्चियनलाई फाइदा भएको छ । अश्वयेध नरमेध को अर्थ पनि तपाईले जानी नजानी उठाएको देखिन्छ । बाहुनले गाईको मासु खान्थे पछि च्यात्तै छाडे भन्नु भएको रहेछ त्यति बेला ति अवध्य थिए भन्दैमा तपाईलाई के को टाउको दुखाइ भयो त ? तपाई एक अपराधीको पक्ष लिएर कानुन नमानेर कानुनको उल्लंघन गरेर आफ्नो क्षमता भन्दा पनि माथि उठेर अपराधीलाई छोड् भन्दै हुनुहुन्छ ।)
डिक बहादुर जी ! जिउँदै गाई काटेर खान पाउनु पर्छ भन्ने तपाईको माग रहेछ । आज मान्छे स्वतन्त्र छ, तर अर्काको आस्थामा धक्का दिएर होइन कि अर्कालाई पनि सम्मान गरेर मात्र । नेपालको कानुनले अझै पनि गाई काट्न पाइँदैन तर आफै मरेपछि मात्र खान पाइन्छ । जुन देशमा बसिन्छ त्यस देशको कानुन सबैले मान्नुपर्छ । आज मान्छेहरु संसारमा जहाँ पनि बसेकाछन त्यहाँको कानुन अनुसार काम गरेकाछन् । धन बहादुर विकले कानुनको उल्लङ्गन गरेकाले तिनलाई प्रहरीले कानुनको कठघरामा खडा गरेर कानुन अनुसार जेलमा हालेको हो । तपाईले किन तिरानब्बे प्रतिशत हिन्दुहरुलाई वा उनको आस्थालाई लात मारेर एउटा अपराधीको पक्ष लिएर यत्रो लेख लेखेर मसि कागज र समय खर्च गर्नुभयो मलाई आश्चर्य लाग्यो । आफ्नो जात कामीको मान्छे प¥यो भनेर पक्ष लिएको होला तपाईले जातका कुरा छाडेर नेपाली बन्न सिक्नुहोस् । जात र पातका कुरा छोड्नुहोस् । तपाईलाई पनि जिउँदो गाईको मासु खान मन लागेको छ भने दुई चार दिन पाकिस्तानमा बसेर जिउँदो गाईको मासु खाएर टन्न मारेर फर्केर आउनुहोस् । मरेको गाईको मासु त यही पनि खान पाइन्छ ।
अर्थको अनर्थ गर्ने र अपव्याख्या गर्नेको कुरा छोड्नुहोस् तर हिन्दु धर्ममा गाईको मासु खाने कुरा कहीं पनि छैन । जति कामीले ब्राह्मणवाद लाई मान्दछन् त्यति हिन्दु ब्राह्मणहरुले मान्दैनन् । कामीले,दमाई, पोडे, गाइने, च्यामे, सार्कीलाई जति परगेल्छ त्यति ब्राह्मणले परगेल्दैनन् ब्राह्मणको दृष्टिमा सबै जाति समान छन् । मैले कुराको प्रसङ्गमा एउटा ब्राह्मणले बुटवलको दिपक विकलाई भन्नुभएको कुरा सुनेको थिएँ कि उहाँले भन्नु भयो वि.के.जी अब हामीले यस्तो कुरा गरौं कि तपाइहरुले दमाई, गाइने, सार्की,पोडे, च्यामे जस्ता कयौं जातिलाई समान रुपले एकिकरण गर्ने र हामी बाहुनले उपाध्याय ब्राह्मण जैसी, क्षेत्री, ठकुरी, गुरुङ्ग, मगर र लिम्बुलाई एकीकरण गर्दै आउने यसरी एकीकरण गर्दा जम्मा दुई जात मात्र रहन्छन् । यस पछि दुई जातको पनि एकीकरण भए पछि सबै नेपालीको एकै जात नेपाली मात्र रहन्छ । यो शर्तलाई दुबैले मान्न प¥यो भन्दा दिपक वि.क. ले यो कुरा स्वीकार्नु भएन । यस कारण सुनार कामीले बाहुन जातिलाई मात्र खेदो खन्छ तर तलका जातिलाई मिलाउन चाहँदैन । यस्तो भेदको रचना गर्ने जात नै कामी वा सुनार हो । उसले आफू भन्दा तलका जातजातिलाई कहिल्यै पनि उठाउन वा स्वीकार गर्न चाहदैँन । अहिले सम्म कहिल्यै पनि सुनारले दमिनी, सर्कीनी, पोडेनी, गाहिने की छोरीसँग विवाह गरेको उदाहरण एउटा पनि छैन । कामी भन्दा तलका कैयौं दलितहरुलाई लात मारेर केवल कामी सुनार जस्ता दलितको मात्र उद्धार गरेर दलितको उद्धार हुन्छ ? दलितको कैयौं आर्थिक संस्थामा कामी सुनारको मात्र बाहुल्यता छ । कैंयौ स्कुलमा गएर छात्रवृत्ति दिँदा पनि सुनारका छोराछोरीलाई मात्र छात्रवृत्ति दिने गरिन्छ भन्ने सुनिन्छ । टि.आर विश्वकर्मा देखि लिएर आजसम्ममा विश्वकर्माहरु पुलिस फोर्स, आर्मी बैंक, निजामति कर्मचारीहरुमा छन् कामी अथवा सुनारको बाहुल्यता छ । कैंयौँ देशबाट वा राष्ट्रसंघले तोकेका संस्थाबाट दलितको नाममा आएको पुरस्कारका रकम पनि कामी र सुनारले मात्र हसुर्दछन् । एउटा दलितको नाममा आएको पुरस्कारको रकम पनि कामी र सुनारले मात्र हसुर्दछन् । एउटा दलितको सुधार हुँदैमा, दमाई, सार्की, हरिजन, पोडे, च्यामेको उद्धार हुन सक्छ ? भैरहवा जस्तो शहरमा हेर्ने हो भने आधा भन्दा बढी आलेसान महलहरु सुनारहरुका मात्र छन् । डिक बहादुर जी ! तपाईले केवल बाहुनको मात्र खेदो खन्नु भएको छ, यसको बदलामा आफू भन्दा तलका जातिहरुमा आफूलाई समर्पित गर्न उचित होला । धर्म निरपेक्षताको अर्थ ९२ प्रतिशत हिन्दुहरुको आस्थामा चोट पार्नु होइन । २०६२।०६३ को आन्दोलनमा धर्म निरपेक्षताको कुरो उठेको थिएन, यो सोझै नेताहरुको बैमानी हो । धर्म निरपेक्षताले हिन्दु, मुसलमान, बुद्धलाई चोट पारेर केवल क्रिश्चियनलाई फाइदा भएको छ । अश्वमेध, नरमेध को अर्थ पनि तपाइले जानी नजानी उठाएको देखिन्छ । बाहुनले गाईको मासु खान्थे पछि च्यात्तै छाडे भन्नु भएको रहेछ त्यति बेला ति अवध्य थिए भन्दैमा तपाईलाई के को टाउको दुखाइ भयो त ? तपाई एक अपराधीको पक्ष लिएर कानुन नमानेर कानुनको उल्लंघन गरेर आफ्नो क्षमता भन्दा पनि माथि उठेर अपराधीलाई छोड् भन्दै हुनुहुन्छ । तपाई जस्तो मान्छे मन्त्री र न्यायाधिश बने भने त्यसबेला कति बदमासहरुले छुट पाउलान् ? समाज कति नराम्रो होला । प्राचिन कालमा पनि आजको जस्तो गाईको अपुताली प¥यो भने समाज नराम्रो अवस्थामा पुग्लान भनेर गाईको सुरक्षाको लागि धन्वन्तरी ऋषीले गाईका सबै वस्तु दूध, दही, घीउ, गोबर, गोमुत्रको परीक्षण गर्दा अमुल्य संजीवनी जीवन्दायी वस्तु फेला पारेर धन बहादुर वि.क. जस्ता अपराधी बाट जोगाएर राख्नलाई गाईलाई अवध्य भनेका हुन् । त्यतिमात्र होइन घाँस खाएर अमृत दिने मलमुत्रले रोग हटाउने जस्ता अनगिन्ती काममा सहयोग पु¥याउने हुँदा गोबध निषेध कानुन बनेको थियो । विदेशी विधर्मीको केटाकेटीलाई आफ्नो चुल्हा चौका या भान्सामा ल्याएर चढाए भन्ने एउटा फन्टास्टिक(काल्पनिक) चिन्ता पनि तपाईमा रहेछ । ल्याउँछन् भने ल्याउँन दिनुहोस् । भान्से बनाउँछन् भने पनि बनाउन दिनुहोस् । तपाईले यसमा किन चिन्ता गर्नुप¥यो ? तपाईको मुख्य चिन्ता र सामाजिक दायित्व भनेको सुनार सम्म ल्याए, दमाई, सार्की, पोडे, च्यामे, हरिजनलाई समावेश गरेर एकिकरण गर्नु हो । डिक बहादुर जी ! मेरो सुझाव मान्नु होस् , व्यर्थको चिन्ता नगर्नुहोस् । तपाईलाई मात्र होइन बाहुनको कर्तव्य पनि मैले माथि नै उल्लेख गरि सकेको छु । एक हातले मात्र ताली बज्दैन तपाईले गर्नुपर्ने सामाजिक काम धेरै छन् । अझै पनि विद्वान ब्राह्मणहरुको पनि कमी छैन । अपव्याख्या गर्नेहरुको पनि कमी छैन । तपाई तीनै अपव्याख्या गर्नेहरुको चेलो बनेर अनुशरण गरेर हिँड्नु उचित छैन । यसको बदलामा दलितहरुको एकीकरण गर्ने सामाजिक काममा आफूलाई समर्पित गर्नुहोस् । तपाईले मनुको अपव्याख्याको कुरो उचाल्न त जान्नु भएको रहेछ, तर उनको सकारात्मक पक्षका कुरा भने कत्तिपनि थाहा रहेनछ । यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता । यत नार्य नपुज्यन्ते नातिष्ठान्ति हि देवता । अर्थात् जहाँ नारीको पुजा हुन्छ त्यँहा सबै देवताको वास हुन्छ । जहाँ नारीको सम्मान हुँदैन त्यहाँ देवताहरु हँदैनन् ।

(लेखक विश्व हिन्दु महासंघ, जिल्ला शाखा रुपन्देहीको अध्यक्ष हुन्)
 (सिद्धार्थ सन्देश दैनिक, २०७० कात्तिक १५ गते शुक्रबार, भैरहवा)