Spread the love

राजनीति भनेको होलिन्टियरको रुपमा जनताको सेवामा, राष्ट्रको सेवामा तल्लिन हुनुहो । नेपालका राजनीतिज्ञहरु जागीरे मानसिकता बोकेर राजनीतिमा होमिएको देखिन्छ । राजनीतिक पार्टीका सिद्धान्त सहि भएर केगर्ने ? तिनका नेता कार्यकर्ताहरुले सबैकुरा विगारेका हुन्छन ।

यहाँ देशको चिन्ता बोकेर हिड्ने असल राजनीतिज्ञ कुन छ ? यहाँ जनता समृद्धि भयोभने राष्ट्र समृद्धि हुन्छ भन्ने मानसिकता भएका राजनीतिज्ञहरुको खडेरी परेको छ । हाम्रो देश नेपालमा जैलेपनी सत्तामा पुग्नुभन्दा पहिला केनै गर्नेहोलान भनेर ठुलठुला डम्फुपिटने जब सत्तामा कुर्सीमा पुगे त्यसपछि आफ्नो दुनो सोझ्याउने मानसिकता वोकेका राजनीतिज्ञहरु छन भने राजनीतिलाई कसरी वुझने मैले राजनीतिलाई देश, जनता, र राष्ट्रको सेवकको रूपमा वुझेको थिए त्यहीँ हिसावले म राजनीतिमा होमिएको थिए आज आएर राजनीतिक परिपाटीभित्र छुट्टै खालको लक्ष्य छुट्टै खालको उद्देश्य देखापरेका छन आज राजनीतिगर्ने राजनीति कर्मिहरु किन नेपाली जनताका घृणा र वितृष्णाका पात्र वन्न पुगे ।

यो हुनुको कारण जागिर मानसिकताको कारण भन्न सकिन्छ । हाम्रो देशका राजनीतिज्ञहरु संग नत दुर दृष्टि छ, नत योजना र नत पलान अनिकसरी हाम्रो देशका जनता सुखी हुन सक्छ्न । यस्ता राजनीतिज्ञ पाउने हामी नेपाली जनताको दुरभाग्री भन्नुपर्छ वास्तविक राजनीतिको परिधिभित्र वसेर आफ्ना जिम्मेवारी वहन गरेकाथिए भने हो हाम्रोलागी गरेकाछन हामिलाई सम्झेर गरिरहेकाछन भनेर नागरिकहरू सहन सक्दथे ।
आज यहाँ अवस्था यस्तो देखियोकी राजनीतिज्ञहरु एउटा व्यवसाय जस्तै राजनीतिको नाममा पैसा असुल्ने चिल्ला कार चढने अलिसान महल वनाउने, महिलाभोगी जस्ता विकराल समस्या राजनीति भित्र देखिएका समस्याहरु हुन । यस्तो अवस्था हुनुको एउटै कारण हो दलाला पुजीवादी व्यवस्था जवसम्म वास्तविक समाजवाद हुँदै साम्यवाद तिर हामी पुग्दैनो तवसम्म जनताले एकपछि अर्को समस्या दिनानुदिन झेल्नुपरेको छ ।

मित्रहरू निष्ठा, इमान्दारीता, सदगी, दृढता, बचनबद्वता, स्पष्टता, र निस्वार्थिपन जस्ता बिषयहरु फिटिकै देखिदैन व्यक्ति स्वार्थ र लोभ भरिएको व्यक्तिले आदर्शलाई प्राथमिकतामा राख्न सक्दैन, आफ्नो प्रमुख दायित्व विर्सन्छ र नयाँ पुस्ताको जिम्मेवारीको हेक्कापनी राख्दैनन्, अनि हाम्रो समाजमा कसरी नयाँ पुस्ता तयार हुन्छ त ? व्यवस्था जतिराम्रो ल्याएपनी व्यक्तिको आचरण सो बमोजिम नभए व्यवस्था राम्रो भएर मात्र हुदैन ।

मेरो वुझाईमा राजनीति भनेको सत्ताको दलगत या व्यक्तिको दहन होइन । योत जनताको वृहत् हितकालागी निस्वार्थ समर्पण हो । छोराछोरी कस्तो बनाउने भन्ने दायित्व अभिभावको भएजस्तै नयाँ पुस्ता कस्तो बनाउने भन्ने दायित्व वर्तमान पुस्ताको होइन त ? राम्रो पुस्ता बनेन भने सोको दायित्व पनि तत्कालीन दायित्व भएका हरुको हो । राजनीति भनेको साचो अर्थमा भन्नेहोभने विभेदमा पारिएका, हेपिएका, थिचिएका जनता वा नागरिक वन्न नसकेलाहरुलाई अधिकार सप्पन्न र अरु सरह बनाउने हो । राजनीतिलाई कसरी बुझेको छ ? आज यो प्रश्न निकै पेचिलो वन्दै गएको छ । पद, प्रतिष्ठा र पैसाकोलागी जे पनि गर्न पछि नपर्ने परिचय पो बनाउदै छ कि ? आखिर किन यस्तो भयो ? आजको पुस्ता राजनीतिवाट निरपेक्ष घृणाक आदर्शच्युत हुन सक्दैनन्थ्यो ?

राजनीति भनेको सिमान्तमा रहेको नागरिकलाई सम्मानित र अधिकार सम्पन्न वनाउने नै हो । राजनीतिमा लाग्ने व्यक्ति मुख्यकुरात म किन यो क्षेत्रमा लागे भन्नेकुरा थाहा पाउनुपर्छ । लागिहालियो के गर्ने ? भनेर निरन्तर घिसारिने व्यक्तिबाट समाजले कुनै अपेक्षा नगरे हुन्छ । हामी सबै स्पष्ट हुनुपर्छ राजनीति भनेको व्यपार होइन । यसवाट द्रव्यको आर्जन हुदैन । धन दौलत कमाउने माध्यम राजनीति ठानिन्छ यहाँ तर धन दौलत कमाउने माध्यम राजनीति हुन सक्दैन । नेपालमा राजनीतिलाई व्यपार ठानिने गरिएको छ ।

नेपालमा राजनीतिलाई हदैसम्म बदनाम गराउने प्रयत्न भएको छ । त्यसको कारण सत्ताको चरम दुरुपयोग भएको छ । सत्ता भनेको शक्ति हो र शक्ति भनेको पैसा हो भन्ने बुझाई भएका राजनीतिज्ञहरुका कारण राजनीति सम्मानित हुनसकेको छैन । त्याग, समर्पण र योग्यता भएको राजनीतिज्ञको नेपालमा कुनै सम्मान देखिएन । पद, पैसा, र शक्ति भएका व्यक्तिका अघि निष्ठाको राजनीति अपवादलाई छोडेर सधै पराजित भयो ।

यस्तो हाम्रा देशका नेतृत्वमा पटकै देखिएन । संसारले मान्ने राजनेताहरुसङग जीवनको अन्त्यमा न त पद छ न त पैसा र न कुनै शक्ति नै थियो । तथापि विश्वो राजनीति इतिहासमा उनिहरु पुजनिय भएर भोलुपनी रहनेछन् । त्यसैले राजनीतिलाई साच्चै नै समर्पण र निष्ठाको बाटो अवलम्बन गर्नु पर्दछ र नयाँ पुस्ता त यसमा झनै सचेत हुनुपर्दछ । आफू असल नभई अरुलाई असल हुनुपर्छ भन्ने उपदेश दिन मिल्दैन ।

आफू भित्रभएका दुर्गुणहरुलाई परित्याग नगरी अरुलाई त्याग्ने सल्लाह दिन सकिदैन । कुनै पनि घर परिवारको अभिभावक गैरजिम्मेवार भयो वा उ आफ्नो परिवारको सदस्यहरुप्रती जवाफदेही र उत्तरदायी बन्न सकेन या चाहेनभने त्यो घर परिवारको कस्तो दशा वा अवस्था होला ? कुनैपनी राष्ट्रको हकमा पनि त्यही कुरा लागू हुन्छ जुन घरपरिवारको हकमा हुन्छ । नेपाल संसारको त्यस्तो अभागी देशहरु मध्ये एक हो । जसले अपवाद बाहेक कहिल्यैपनि असल अभिभावक पाएन । राजा पृथ्वीनारायण शाहले पारम्भ गरेको राष्ट्र एकीकरण अभियानलाई अघि बढाएपनी उसका उत्तराधिकारिहरु देश र जनताप्रति कहिल्यै सम्वेदनशिल र जिम्मेवार भएनन् । आफ्नो स्वार्थ भन्दा बाहिर कुनै राजाहरु निस्किएनन ।

एकीकरण पश्चातका सयौ बर्ष राजा र राणाहरुको मनपरितन्त्रको फोहोरिमा बस्न नेपाली जनता वाध्य भए । विभेद, शोषण, अन्याय, अत्याचारको अकल्पनीय त्रासदीमा वाच्न विवश भए । आफुलाई विष्णुको तथाकथित अवतारठान्ने तत्कालीन साशकहरुको घृणिय क्रियाकलापको शिकार र पाशविक, व्यवहारबाट आजित भएका नेपाली जनताले २००७ सालको जनक्रान्ती मार्फत मुक्तिको सासफेर्ने प्रयास गरे । त्यो ऐतिहासिक क्रान्तिका नायक बि.पि लाई त्यतिबेला जनताले मुक्तिदाता ठान्थे । बि.पि. ले नेपाल र नेपालीको दु:ख दर्दलाई राम्रोसित बुझेका थिए । १५ वर्ष भित्र सबै नेपालीलाई आफ्नो परिवारको आर्थिक जिवनस्थरमा पुत्याउने बि.पि.को संकल्पलाई सामन्तवादी चिन्तन वोकेका पुराना शासनका हिमाइती जनविरोधी शक्तिहरुले सार्थक हुन दिएअनन । जननिर्वाचित सरकारको नेतृत्वगरेको छोटो अबधिमा नै सत्ताच्युत हुनुपत्यो । सत्ताच्युत मात्र होइन तत्कालीन राजा महेन्द्रले बि.पिलाई जेलहाले ।

यो नै चरम दुर्भाग्य र बिडम्बना थियो । बि.पि भन्दा पुर्व र पश्च्चात नेपाल र नेपालीले त्यो स्थरको राजनेता पाउनसकेका छैनन् र आजहामी नेपाली राजनीतिमा अकल्पनीय दु:ख र संकट झेलिरहेका छौ । २०४६ सालमा पुर्नस्थापित प्रजातन्त्र र २०६३ सालमा स्थापित भएको लोकतान्त्रिक गणतन्त्र फगत नारामा सफल भएपनी व्यवहारमा त्यस्को कुनै प्रतिफल प्राप्त हुनसकेन व्यवस्थाका नाम फेरिएपनी जनताको मुहार फेरिएन बदलामा नेताका मुहार फेरिए । सडकमा हिडने हात्तिछाप चप्पल पडकाउने नेता महलमा पुगे । जनताको दुर्दशा झन बढयो । गरिव जनताको स्थरमा झन दु: ख भोग्नु पत्यो । नेताको दृष्टि र कर्म आफ्नो सुखमा मात्र केन्द्रित भयो । दुइचार दर्जन नेताको वर्ग रुपान्तरण भयो । जनताको दु:ख अत्यासलाग्दो रूपमा बढेर गयो । नेपाली जनताले विवेकशील राज्य र कर्तव्यनिष्ठा नेता पाउन सकेनन् ।

सरकार भन्नाले राज्यको त्यस्तो सयन्त्रहो जसले राज्यले अवलम्बन गरेका नितिहरु कार्यान्वयन गर्छ गराउछ जनताको शुरक्षाको प्रत्याभुती दिन्छ र आफ्ना नागरिकहरुको कहाँ वस्छन् के खान्छन् र कति शुरक्षित छन भन्नेकुराको हेक्का राख्छ ।

यो कुनै विश्वविख्यात राजनीतिशास्त्रीले दिएको सरकार सम्बन्धि परिभाषा होइन । योत सवैले बुझ्ने भाषामा सरकार के हो ? भन्नेकुरा भनिएको मात्र हो के आजसम्म नेपालमा बनेका सरकारहरुले यस्तोकुरा बुझे वा आफ्नो दायित्व वुझे, तर सोझो र सामान्य उत्तर हुन्छ विल्कुल बुझेनन त्यसैले आज नेपाली जनताले राजनीति भन्नेबितिकै वितृष्णाको नजरले हेर्ने गरेका छन । आज हेर्दा गाउँ पिच्छे भ्रष्टाचार छ गाउपिच्छे बलात्कार छ यसको लेखाजोखा सरकारशीत छैन ।।
_बिद्रोही नेकपा सुनसरी पुर्व जिल्ला सेक्रेटरी सन्तोष बिष्ट सुनसरी जिल्लाको धरान हिरासतमा बन्दी अवस्थामा