प्रचण्डद्वारा नेकपा फुट्नसक्ने संकेत
काठमाडौं, २१ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्नसक्ने संकेत गरेका छन् । उनले त्यसका लागि मानसिकता तयार गरेर बस्नसमेत भनेका छन् ।
आज आफ्नो समुहका नेता तथा निकटस्थ सञ्चारकर्मीलाई बोलाएर भेला गर्दै प्रचण्डले कुनैपनि बेला कठोर निर्णय लिएर जानुपर्ने परिस्थितिबारे व्याख्या गरे । यस्तै परिस्थिति रहे पार्टी फुटतर्फ जाने खतरा आउनसक्छ, प्रचण्डको भनाई उदृत गर्दै एक सहभागीले भने, कहिलेकाहीं खराब परिस्थिति पनि आउनसक्छ र त्यसका लागि मानसिकता तयार गरेर बस्नुपर्छ ।
प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गरे । उनले आफ्नो अपमान गर्ने गरी निरन्तर गतिविधिहरु भइरहेको टिप्पणी गरे । पूर्व एमालेहरुलाई एक बनाउने र पूर्व माओवादीलाई तान्ने शैलीमा आक्रमण गर्नुपर्छ भन्ने हिसाबले जान खोजिएको आरोप लगाए । ओलीले पार्टीको निर्णय समेत नमान्ने भनेर बढ्न खोजेको भन्दै असन्तुष्टि जनाए । प्रचण्डले अध्यक्षका रुपमा आफ्नो कुर्सी हटाएर अपमानित गरेको स्मरण गराए ।
ओलीमाथि पटक पटक फुटको पक्षमा गतिविधि गर्दै आएको प्रचण्डको आरोप थियो । निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, बहुदलीय जनवादको नारा देखि सडकमा राष्ट्रवादको नाममा नारावाजी लगाउने सम्म गराइएको आरोप लगाए ।
भेलामा प्रचण्डका अलावा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । उनीहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । अवस्था यसरी नै बढे पार्टी गम्भीर दुर्घटनामा पुग्ने र दुरगामी नकारात्मक असर पर्ने भन्दै ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


