Spread the love
alt
  • असार १५, २०७७
  • अपराध न्यूज

सुनसरी जिल्ला अदालतका न्यायाधीश शंकर बहादुर राईको अंगरक्षक (बडीगार्ड)ले आफैलाई गोली फायर गरेका छन् । प्रहरी हबलदार ओम प्रकाश खतिवडाले अदालतको छतमा आफैले बोकेको पेस्तोलबाट दाहिने कन्चटमा गोली फायर गरेका हुन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । गोली साँझ ७: ४५ मा फायर भएको उनले बताए । 

‘के कारणले हो यकिन भएको छैन, अवस्था गम्भीर छ’ उनले भने ‘उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौ’ ।

 प्रहरी स्रोतका अनुसार उनको घटनास्थलमै मृत्यु भइसकेको बताइएको छ