Spread the love

 टेङ्रा खोलामा बाढी २ घरमा क्षती

alt

इटहरी । सुनसरीको इटहरी स्थित टेङ्रा खोलामा आएको बाढीले    दुइ घरमा क्षती पुर्याएको छ । इटहरी ४ मा रहेको टेङ्रा खोलामा हिजो राती आएको बाढीले कटान सुरु गरेको हो । इटहरी ४ को नारायण गोपाल टोलमा क्षती पुर्याएको हो ।

सिचाइ बिभागले तटबन्ध निर्माणमा हेलचेक्राइ गर्दा  बाढीले खगेन्द्र खड्काको घरम क्षती पुर्याएको स्थानिय सामाजिक अगुवा शिव दाहालले बताए । उनले भने रातभर हामि सुतेका छैनौ बाढीले त्रास बनायो । दुइ घरको वाल भत्काई दिएको छ ।