एमसीसीमा प्रचण्ड बटमलाइन : राष्ट्रघाती बुँदा संशोधन पहिलो शर्त, नभए फिर्ता

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सन्दर्भमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईवटा बटमलाइन अघि सारेका छन् ।
नेकपाको जारी स्थायी समिति बैठकमा एमसीसी पनि एजेण्डाको रुपमा कार्यसुचीमा छ । यही सन्दर्भमा नेकपा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको यो विषयमा फरकफरक मत छ । ओलीले एमसीसी पास हुनुपर्ने बताउँदै आएका छन् ।
यही फरक मतकै बीचमा प्रचण्डले एमसीसीको सन्दर्भमा दुईवटा बटमलाइन अघि सारेका छन् । यसमा प्रधानमन्त्री अनिच्छुक देखिएसँगै बैठकमा अनुपस्थित भएको विशेष स्रोतको भनाई छ ।
ओलीनिकट स्रोतका अनुसार प्रचण्डले एमसीसीमा रहेका राष्ट्रघाती बुँदा संशोधन हुनुपर्ने पहिलो शर्त राखेका छन् । ओलीसँगको भेटमा उनले एमसीसीमा उल्लेख भएका राष्ट्रिय स्वाधीनता र नेपालको संविधानसँग बाँझिएका केही विषयवस्तु अनिवार्य रुपमा संशोधन हुनुपर्ने बताएका छन् ।
तर, प्रधानमन्त्रीले भने एमसीसीमा वास्तविकताभन्दा बढी आशंकाले काम गरेको भन्दै हुबहु पास गर्नुपर्ने बताउँदै आएका छन् ।
त्यसैगरी संशोधनसहित पास गर्न अमेरिका अनिच्छुक देखिएको खण्डमा एमसीसी नै फिर्ता गर्नुपर्ने प्रचण्डको बटमलाइन छ । जारी स्थायी समिति बैठकबाट पनि यही ढंगबाट निर्णयमा पुग्नुपर्ने प्रचण्डको अडान छ ।
एमसीसीकै विषयमा नेकपा स्थायी समिति सदस्य लिलामणि पोखरेल भन्छन्, ‘एमसीसी खारेज हुन्छ, यही बैठकबाट निर्णय हुन्छ ।’
तर, अध्यक्ष प्रचण्ड खारेजभन्दा पनि संशोधनको पक्षमा छन् । प्रचण्डले संशोधनसहित पास गर्न अमेरिकासँग सल्लाह गर्नुपर्ने बताउँदै आएका छन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


