Spread the love

अन्तर्जातिय प्रेम बिवाह गर्न गएका नवराज बिक लगायत 6 जनाको बीभत्स हत्या,दलित भएकै कारण प्रहरिको हिरासतमा मारिएका सम्भु सदा र बलात्कार पछि बीभत्स हत्या गरिएको कारण उनिहरुको न्यायको निम्ति नेपाल दलित मुक्ती संगठन इटहरी को आयोजनामा इटहरीमा दवाबमुलक सभाको आयोजना गरिएको छ।

Image may contain: 6 people, including Anita Pariyar, people standing and outdoor

रुकुम हत्याकाण्ड भएको 1 महिना भएको दिन योजना बद्धरुपमा भएको हत्याका कारण ज्यान गुमाएका नवराज बिक,टिकाराम सुनार,सन्दिप बिक,लोकेन्द्र सुनार,गणेश बुढा,गोबिन्द शाहि लगाएत दलित भएकै कारण हत्या गरिएका शम्भु सदा र अंगिरा पासी हरुको न्यायका निम्ति दवाबमुलक कार्यक्रमको आयोजना गरिएको छ।

Image may contain: 2 people, people standing, crowd, tree and outdoor

उक्त कार्यक्रममा नेपाल दलित मुक्ती संगठनका केन्द्रिय सदस्य तथा सम्बिधान सभा सदस्य अनिता परियार ले समग्र कार्यक्रमको बिसयमा सम्बोधन गर्दै हत्यामा ज्यान गुमाउनेहरुको न्याय नहुन्जेल दलित मुक्ती संगठन निरन्तर खबरदारी गरिरहने तथा आन्दोलनलाइ भड्किलो ढंगले प्रस्तुत गरेर न्याय ओझेलमा पार्ने तत्वहरुलाइ चेतावनी समेत दिनुभएको छ।

Image may contain: 6 people, people standing, tree and outdoor

यसैगरी दलित मुक्ती केन्दृय सदस्य डिबि साहसंखर ले सम्बिधानले ज्ञायारेन्टी गरेको दलित हक अधिकार र न्यायलाइ व्यवहारिक रुपमा कार्यान्वयन हुनका लागि दलितको मुद्दा गैरदलितले नबोले न्याय नपाउने मानिसको साँस्कृतिक चेतना भत्काउन पर्ने बेलामा दलितहरु राजनितिक दलको आडमा मानिसहरुको लासमाथी राजनिती गर्ने नियतले लागेको देखियो। दलित आन्दोलनलाइ कमजोर बनाउन ब्यक्तिगत प्रचारप्रसारको स्वार्थमा टुक्रीएकोले न्याय खतरामा परेको कुरा बताउनुभएको छ।

Image may contain: 1 person, standing and outdoor

उक्त कार्यक्रममा दलित मुक्ती संगठनका का केन्द्रिय सदस्यहरु, विभिन्न पेसागत संगठनका नेतृत्वहरु प्रतिनिधिहरु,जिल्लाका नेताहरु,नगरका नेताहरु, समाजिक अगुवा नेतृत्वहरु बुद्दिजिबी युवा जनप्रतिनिधि लगाएत दलितमैत्री गैरदलितहरुको उपस्थित रहेको थियो।

Image may contain: 2 people, people standing and outdoor

दबाबमुलक सभाको सन्दर्भमा संयुक्त दलित संघर्स समितिका संयोजक गौरिमान परियारले प्रष्ट पार्नुभएको थियो। उक्त कार्यक्रमको संचालन संयुक्त दलित संघर्स समितिका सचिब शान्ति गजमेरले गरेकी थिइन।