राज्यको सुकुम्बासीलाई हेर्ने रुप दोस्रो दर्जाको नागरिक

– असार ७, २०७७, आइतबार | धरान
बगरकोट / अझै पनि राज्यले सुकुम्बासीलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने गरेको जनता समाजवादी पार्टी सम्वद्ध नेपाल सुकुम्बासी ब्यवस्थापन संघका केन्द्रीय इन्चार्ज दिपक मेन्याङ्बोल बताए । सुनसरीको धरान वडा नं. १५ मा संघको भेलालाई असार ६ गते सम्बोधन गदै मेन्याङबोले भने अब दोस्रो दर्जाको नागरिकको अवस्थाबाट मुक्ति पाउन सम्पूर्ण सुकुम्बासीहरु एक हुनुको विकल्प रहेन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेन्याङ्बोले आम सुकुम्बासीको मुक्तिको लागि संघमा आबद्ध हुन समेत आव्हान गरेका छन् ।
उक्त भेलाले डेविट मोतेको अध्यक्षतामा ९ सदस्यीय धरान उपमहानगर १५ नं. वडा समिति समिति गठन समेत गरेको छ । समितिका सचिवमा गणेश रामदाम र कोषाध्यक्षमा लिला घिमिरे रहेका छन् । सदस्यहरुमा ईन्दिरा राई, शान्ति बयलकोटी, रविना थापामगर, होम बहादुर तिरुवा, लालबहादुर विश्वकर्मा र तारा शंकर रहेका छन । धरान १५ स्थित बगरकोटमा भएको सो कार्यक्रममा जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य कृष्ण लिम्बू, शिल्पी विशेष समिति प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिज, सचिव शशीकुमार विश्वकर्मा, पार्टीका धरान उपमहानगर समिति अध्यक्ष ताजुवकुमार लिम्बू, संघका सुनसरी जिल्ला अध्यक्ष महेशचन्द्र राजवंशीको उपस्थिति रहेको थियो । त्यसैगरी पार्टीका १५ नं वडाध्यक्ष हरिकुमार राई, उपाध्यक्ष डिल्ली विश्वकर्मा, ५ नं वडाध्यक्ष बिर्खमान राई, संघकी धरान उपमहानगर समिति सदस्य भीमा गिरी, कमल लोहार समेतको उपस्थिति रहेको थियो ।
उक्त भेलालाई संघका सुनसरी अध्यक्ष राजवंशी, पार्टीका धरान अध्यक्ष ताजुवकुमार लिम्बू, विशेष समिति प्रदेश १ सचिव शशीकुमार विश्वकर्माले सम्वोधन गर्दै नवगठित समितिलाई शुभकामना दिएका थिए । कार्यक्रम संचालन संघका धरान उपमहानगर समितिका सचिव पूर्ण बान्तवाले गरेका थिए । संघका धरान उपमहानगर समिति अध्यक्ष छत्रबहादुर विश्वकर्मा (केशव) को अध्यक्षता भेला सम्पन्न भएको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


