Spread the love
alt

इटहरी ।
३ दिन देखि बेपत्ता भएका इटहरीका ब्यापारी भिम चुडालको मृत्यु भएको छ । चुडाल मोरङको नेता चोकमा कटहरको रुखमा  झुण्डिएको अबस्थामा मृत भेटिएका हुन ।

इटहरीमा रहेको माता मनकामना सप्लायर्सका सन्चालक समेत रहेका उनि के कारणले झुण्डिए भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उनको आज नै इटहरी स्थित बुढी गङा मुत्ती घाटमा दहासस्कार गरिएको छ । उनको दुई छोरी र नाबालक छोरा छन । उनी इटहरी ४ मनकामना चोक निवासी हुन्।