भारत–चीन सीमामा २० भारतीय सैनिकको मृत्युबारे के भन्छ चीन ?

एजेन्सी
भारत र चीनको विवादित सीमामा ४५ वर्षपछि पहिलो पटक कसैको ज्यान गएको छ ।
पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका एक अधिकारीसमेत १९ जवानको मृत्यु भएको छ ।
भारतीय सेनाले मंगलबार अबेर राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ । १५÷१६ जूनको राती यहाँ दुई देशका सैनिकबीच झडप भएको थियो । झडप र गतिरोध भएको इलाकामा ड्युटीका क्रममा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि मुनिको तापक्रम र अत्यधिक उचाई भएको यो इलाकामा गम्भीर रुपमा घाइते यी १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना देशको अखण्डता र सम्प्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’
यसअघि भारतीय सेनाले आफ्नो बयानमा एक सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको बताएको थियो । बयानमा दुई देशका वरिष्ठ सैन्य अधिकारी तनाव कम गर्नका लागि छलफल गरिरहेको बताइएको थियो ।
यता, चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले पिपल्स लिबरेशन आर्मी (पिएलए) को पश्चिमी थिएटर कमान्डका प्रवक्ता चांग शुइलीको बयान पिएलएको आधिकारिक बिबो अकाउन्टमा पोस्ट गरिएको जानकारी दिएको छ । उक्त बयानमा चांगले भारतले निकै कडा रुपमा आफ्नो सैनिक रोक्नुपर्ने र विवाद समाधानका लागि संवादको सही बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।
चांगले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो बचन उल्लंघन गरेको छ र एकपटक पुनः एलएसी पार गरेका छन् । जानीजानी चिनियाँ बललाई उक्साए र उनीहरुमाथि हमला गरे । जसका कारण दुबै पक्षमा आमने–सामने झडप भयो र यसैकारण हताहतको स्थिती बन्यो । भारत आफ्नो सैनिकलाई रोक्न कडा निर्देशन लागू गरोस् र कुराकानीमार्फत् विवाद सुल्झाओस् भन्ने माग गर्छु ।’
यसअघि भारत–चीन सीमामा सन् १९७५ मा अर्थात् ४५ वर्षअघि कुनै सैनिकको मृत्यु भएको थियो ।
स्रोतः बीबीसी
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


