Spread the love

हास्य कलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले सरकारको १ व्यक्ति १ विद्यार्थी भर्ना कार्यक्रमलाई साथ दिँदै दुई बालबालिकाको शिक्षादिक्षाको जिम्मेवारी लिएका छन् । उनीहरुले जिम्मेवारी लिएका दुवै बालबालिका सिन्धुपाल्चोकका हुन् ।

जिग्रीका अनुससार ९ महिना हुँदा बुवा बितेका र आमाले पनि छोडेर हिँडेपछि बेसहारा बनेका अभी ब्लोन (तामाङ) लाई एउटा संस्थाले ८ कक्षासम्म पढाउन सहयोग गरेको थियो । त्यसपछि उनका मामा सानो कान्छा तामाङले जसोतसो पढाईरहेका थिए । सानो कान्छाको पनि आर्थिक अवस्था दयनीय रहेको छ । उनलाई उच्च माध्यमिक तहसम्म शिक्षा दिने जिम्मेवारी जिग्री र पाँडेले लिएका छन् ।